८ वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दा काठेपुलकै भरमा

८ वर्षदेखि पुल नबन्दा भोटखोलाका बासिन्दा काठेपुलकै भरमा
चुमनुब्री १ को क्योङ र साम्दो जोड्ने गरी निर्माणाधीन अलपत्र पुल।
सुन्नुहोस्

गोरखा : उत्तरी गोरखाको भोटखोलामा एक झोलंगे पुल निर्माणको काम विगत ८ वर्षदेखि अलपत्र छ। आर्थिक वर्ष २०७५/०७६ मा ठेक्का सम्झौता भएको चुमनुब्री १ क्योङ् र साम्दो जोड्ने पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र परेको हो।

बुढीगण्डकीमाथि निर्माण हुनुपर्ने सो पुल नबन्दा गाउँलेहरू काठेपुलकै भर पर्नु परेको छ। ‘अहिलेसम्म पुलको जिपबाहेक केही काम भएको छैन’, पूर्ववडासदस्य मिङ्मा लामाले भने, ‘यो पुल नबन्दा मनास्लु क्षेत्र भ्रमण गर्ने, लार्केपास गर्ने विदेशी पर्यटक, सामागाउँ र साम्दोगाउँ आवतजावत गर्ने स्थानीय बासिन्दा र तिब्बत सीमाना रुइला जाने यात्रुहरू बुढीगण्डकीमाथिको फड्‌के तर्न बाध्य छन्।’ 

सो पुल नबन्दा मनास्लु क्षेत्र भ्रमण गर्न आएका स्वदेशी, विदेशी पर्यटकहरू बुढीगण्डकी तर्न काठको फड्केकै भरमा पर्नु परेको उनको भनाइ छ।

भोटखोलाका बासिन्दा लामो समयदेखि पुल बन्ने आशै आशमा बसेका लामाले गुनासो गरे। ‘दुवैतर्फ पुलको जिप बनाएर छोडेको पनि तीन–चार वर्ष भइसक्यो। तर त्यसभन्दा अघि केही काम अघि बढेको छैन’, लामा भन्छन्, ‘यस्तो कमजोर पुलजीप बनाएको रहेछ कि, हातले कोट्याउँदा पनि फुरर... फुरर.. ढलान उक्किएको छ।’

क्योङ र साम्दो जोड्ने २२० मिटर लामो सो पुल डेढ वर्षभित्र सम्पन्न गर्ने गरी हरिहरि शर्मिला जेभी कम्पनीले योजना सम्झौता गरेको सस्पेन्सर ब्रिज डिभिजनका प्रमुख शंकर बुढाथोकीले जानकारी दिए। 

कम्पनीले दुई करोड रुपैयाँमा पुल निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो। ‘पटक–पटक म्याद थप्दै आएको रहेछ। अन्तिम पटक गत चैत मसान्तसम्म म्याद थपिएको थियो’, उनले भने, ‘तर चैतमा पनि कुनै प्रगति नभएपछि ठेक्का तोड्यौं र कालोसूचीमा राख्ने प्रक्रिया सुरु गर्‍यौं। डिभिजनको कदमविरुद्ध निर्माण कम्पनी अदालत गयो। तर अदालतले उनीहरूलाई पराजित गराइदियो।’

अब डिभिजनले काम नगर्ने ठेकेदारलाई कालो सूचीमा राख्ने, उनीहरूबाट धरौटी जफत गर्ने, मोबिलाइजेसन रकम फिर्ता माग्ने र कानुनअनुसार दण्ड जरिबाना असुल उपरको प्रक्रिया अघि बढाउने उनले बताए। सो पुल निर्माणका लागि आफूहरूले धेरै पहल गरेको तर ठेकेदार कम्पनीको लापारबाहीका कारण केही सीप नलागेको वडाध्यक्ष कर्मा छेवाङ 
लामाको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.