भीरको बाटोमा सुत्केरी : आमा-शिशुको जीवनमरणको संघर्षपछि उद्धार

भीरको बाटोमा सुत्केरी : आमा-शिशुको जीवनमरणको संघर्षपछि उद्धार
तस्बिर : एआई निर्मित

घटनास्थल पुग्दा आमाको शरीर पसिना र रगतले भिजेको र चिसोका कारण नवजात शिशु निलो परेर शरीरभरि माटो लतपतिएको अवस्थामा भेटिएको मल्लले बताइन्।

मुगु : मुगुम कार्मारोङ गाउँपालिका-७, मह गाउँकी ३० वर्षीया साङमु लामा सोमबार साँझ जीवनकै सबैभन्दा कठोर घडीबाट गुज्रिइन्। सदरमुकाम गमगढीबाट घर फर्कने क्रममा साँझ करिब साढे ७ बजेतिर च्याप्नेगाडको जोखिमपूर्ण भिरालो बाटोमै उनले शिशुलाई जन्म दिइन्।

साँझको समय, वरिपरि अँध्यारो,तल सुसाउँदै बगिरहेको कर्णाली नदी र माथि डरलाग्दो भीर। त्यही सन्नाटाबीच,एक्लै र असह्य पीडामा छटपटिँदै साङमुले नवजात शिशुलाई जन्म दिइन्। जन्मिएको शिशु रगत र माटोले लतपतिएको अवस्थामा थियो भने आमाको अवस्था पनि अत्यन्त कमजोर थियो।

सुत्केरी पछिको केहीबेरमै साङमुले मोबाइल फोनमार्फत् छायल बजारमा रहेकी आफ्नी साथीलाई खबर गरिन्। खबर पाएलगत्तै ती साथीले छायल स्वास्थ्य चौकीकी अनमी विष्णु रोकाया र प्रसूति केन्द्र,छायल गाउँकी तिला मल्ललाई जानकारी दिइन्। त्यसपछि प्रहरी र स्वास्थ्यकर्मीको टोली तत्काल उद्धारका लागि घटनास्थलतर्फ खटियो। 

null

कठिन भूगोल र जोखिमपूर्ण बाटो पार गर्दै पुगेको उद्धार टोलीले  साङमु र नवजात शिशुलाई सुरक्षित रूपमा छायल प्रसूति केन्द्र पुर्‍यायो। स्थानीयका अनुसार अनमी बुढा र  मल्ल समयमै नपुगेको भए आमा र शिशु दुवैको ज्यान गुम्न सक्ने जोखिम उच्च थियो।

तर,शिशुको अवस्था गम्भीर देखिएपछि तत्काल जिल्ला अस्पताल रिफर गरियो। अस्पताल करिब चार घण्टाको दूरीमा रहेकाले यातायात अभावले थप चुनौती खडा गर्‍यो। यसैबीच स्थानीयले मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावललाई फोनमार्फत् जिप व्यवस्थापनका लागि आग्रह गरे। अधिकृत रावलको पहलमा जिपको व्यवस्था भएपछि प्रहरी र स्वास्थ्यकर्मीको टोलीले आमा र शिशुलाई जिल्ला अस्पताल पुर्‍याउन सफल भयो।

हाल नवजात शिशुको आईसीयुमा उपचार भइरहेको छ भने आमाको स्वास्थ्य अवस्था सामान्य रहेको अनमी रोकाले जानकारी दिइन्। साङमुका श्रीमान् पेमा राप्के लामाका अनुसार घरमा सानी छोरीको हेरचाह गर्ने कोही नभएकाले उनी घरमै थिए। साङमु केही दिनअघि माइत गएकी थिइन् र फर्किने जानकारी पनि थिएन।

‘बाटोमै सुत्केरी भएको खबर पाएपछि छायल बजार पुगेँ,तर उनलाई अस्पताल लगिसकिएको रहेछ,’उनले भावुक हुँदै भने,‘घरमा रहेकी सानी छोरीलाई अरूकै जिम्मा लगाएर अस्पताल पुगेँ।’

घटनास्थलमा पुग्दा आमाको शरीर पसिना र रगतले भिजेको र चिसोका कारण नवजात शिशु निलो परेर शरीरभरि माटो लतपतिएको अवस्थामा भेटिएको मल्लले बताइन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.