सकियो साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव

सकियो साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव

जनकपुरधाम : जनकपुर साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव सकिएको छ। अन्तिम दिन भारत पटनाका कलाकारले मैथिली नाटक ‘काठक लोक’ मञ्चन गरेका छन्।

मैथिली विकास कोषले महोसत्व आयोजना गरेको थियो। यस क्रममा विदेशी तथा स्वदेशी कलाकारले सातवटा नाटक मञ्चन गरे। रामानन्द युवा क्लबको ‘जानकी’, अफगानिस्तानका कलाकारको ‘ताराहाय’, लोकसञ्चार नेपालको ‘किशोरी’, मिथिला नाट्यकला परिषदको ‘पुस जाड कि माघ जाड’, भारत असमका कलाकारको ‘हेलेन’ र कर्णालीका कलाकारको ‘गर्भछिच्टा’ नाटक प्रस्तुत गरिएका थिए। नाटकप्रेमीका लागि महोत्सव उत्साहवद्र्धक रह्योसकियो ।

जनकपुर उद्योग वाणिज्य संघको सभाकक्ष ६ दिनयता महोत्सवका कारण स्थानीयका लागि आकर्षणको केन्द्र बनेको थियो। साहित्यकलाका विषयमा छलफल चलाइएको थियो। प्रदेशको सांस्कृतिक पहिचान र मिथिला, केन्द्रीकृत पत्रकारिता र मिथिला, मैथिली भाषामा जातीय विभाजनको प्रभाव, प्रदेशको भाषा र नामकरण, मैथिली फिल्मको सम्भावना, गाथा, रास संस्कार गीतमा छलफल भएको थियो।

मैथिली चित्रकला सृजन र व्यवस्थापन, मैथिली भाषा, साहित्य, संस्कृतिको चुनौती र निदान, नेपालमा मैथिली लेखनको अवस्था, मातृभाषा, संस्कृति र युवा, समकालीन मैथिली रंगमञ्च, मैथिलीमा महिला लेखक र नेपाल र भारतको मैथिली लेखनमा तात्विक भिन्नताका विषयमा सहभागीले बोलेका थिए। अन्तिम दिन कथा गोष्ठी र कवि गोष्ठीको आयोजना गरिएको थियो। मैथिली परिकार, मिथिला चित्रकला र मैथिली पुस्तक प्रदर्शनीले दर्शकलाई मिथिलाबारे बुझ्ने अवसर दिएको कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए। ‘हामीले मिथिला र मैथिली भाषाको संवद्र्धन तथा विकासको उद्देश्यले गरेको महोत्सव फलदायी सिद्ध भएको छ’, उनले भने।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.