केडिया अपहरण काण्डका योजनाकार सहित दुई जना पक्राउ

केडिया अपहरण काण्डका योजनाकार सहित दुई जना पक्राउ

वीरगन्ज : वीरगन्जका उद्योगी सुरेश केडियाको अपहरणमा संलग्न दुई भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले भारतको रक्सौलका बब्लु पासवान र राजहर्नाहीका विजयकुमार महतोला पक्राउ गरेको हो।

भारतसँग सीमा जोडिएको पर्साको छिपहरमाइ गाउपालिका वडा नम्बर ५ भिस्वाबाट दुवै जनालाई प्रहरीले पक्रेको हो।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीको टोलीले पासवान र महत्तोलाई बिहीबार नै पक्राउ गरेको हो। तर पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने दुवैलाई शुक्रबार दिउँसो पक्राउ गरिएको बताएका छन्। 

प्रहरी उपरीक्षक ढकालका अनुसार पक्राउ परेका मध्ये पासवान केडिया अपहरण काण्डका योजनाकार हुन्।

महतोलाई भने अपहरित उद्योगी केडियाको गाडी चलाएको आरोपमा मुद्घा दर्ता रहेकाले पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए। उद्योगी केडियाको अपहरणपछि भारतीय सिमावर्ती क्षेत्रमा बस्दै आएका तथा बेला–बेलामा नेपाल पनि आउने गरेको सूचना पाएपछि विशेष सुराकीको आधारमा दुवैलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ढकालले बताए। 

केडिया अपहरण सम्बन्धि मुद्दा , जिल्ला अदालत बारामा दर्ता भएकोले पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय बारामा पठाइने जानकारी उनले दिए।

यसअघि केडिया अपहरणकाण्डमा संलग्न भएको भन्दै बारा प्रहरीले  बाराको महागढिमाईका विरेन्द्र यादव, कबहिजब्दीका जियालाल यादव, विरेन्द्र यादव, जियालाल यादव र चन्चल पाण्डे गरि पाच जनालाई २०७३ साल जेठमै पक्राउ गरेको थियो। उनीहरु पाँचै जना पुर्पक्षका लागि वीरगन्ज कारागारमा रहेका छन्। 
 
केडिया अपहरणकाण्डका मुख्य योजनाकार भारतीय कुख्यात अपराधी बब्लु दुबे भन्ने मिथिलेश मिश्राको भने २०७४ साल बैशाख २८ गते भारतीय प्रहरीले भारतको बेतिया अदालतमा हाजिर गराउन लगेका बेला अदालत परिसरमै अपरिचित दुई व्याक्तिले गोली प्रहार गरी उनको हत्या गरेका थिए। 
 
वीरगंजका उद्योगी सुरेश केडिया , २०७३ साल जेठ १३ गते बाराको बघवनबाट अपहरणमा परेका थिए।अहपरणमा परेको तीन दिनपछि नेपाल प्रहरी र भारतीय प्रहरीको संयुक्त टेलीले केडियालाई भारतको मोतीहारी शहर नजिकैको कटौवा गाउँबाट सकुशल उद्धार गरेको थियो।


 जेठ १६ गते उनलाई अपहरण्कारीले बाटोबाटै नियन्त्रणमा लिएर गाडीमा राखी भारतमा पुर्याएका थिए। जेठ १३ गते अपरहरणमा परेका केडिया , जेठ १६ गते अपहरण मुक्त भएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.