डोल्पामा पुन: जडीबुटी उद्योग

डोल्पामा पुन: जडीबुटी उद्योग

डोल्पा : त्रिपुरासुन्दरी नगरपालिका खातिज्युलास्थित जडीबुटी प्रशोधन उद्योग पुनः सञ्चालनमा आएको छ । पुस दोस्रो सातादेखि पिरे घाँस प्रशोधन गरी १ सय ४० लिटर तेल उत्पादन गरिएको प्रबन्धक प्रकाश बूढाको भनाइ छ ।

भुल्ते, बोझो, पिरे घाँसलगायत जडीबुटी स्थानीयस्तरमै प्रशोधन गर्न ०६३ मा १६ लाख लागतमा उद्योग स्थापना गरिएको थियो । यो उद्योग आर्थिक अभावमा बन्द थियो । प्रदेश सरकारले ५० लाख बजेट उपलब्ध गराएपछि मर्मत गरी सञ्चालन गरिएको हो । वनमा खेर गइरहेको पिरे घाँस प्रयोगमा आउने भएपछि स्थानीय खुसी भएका छन् ।

यो घाँस प्रतिकिलो १० रुपैयाँमा उद्योगले खरिद गरी तेल निकाल्ने गरेको छ । ‘तेल निकाल्ने उद्योग बन्द भएपछि पिरे घाँस खेर गइरहेको थियो’, स्थानीय चन्द्ररुपा सार्कीले भनिन्, ‘सानो भए पनि यो उद्योग हामीलाई रकम आर्जन गर्ने माध्यम बनेको छ ।’ उद्योगले घाँस खरिद गर्न थालेपछि स्थानीयलाई आर्थिक उपार्जनको बाटो बनेको उनको भनाइ छ ।

अर्को वर्षदेखि भुल्ते र बोझो प्रशोधन गरी तेल निकालिने बुढाले बताए । पिरे घाँसको तेल भारत, अस्ट्रेलिया, पाकिस्तान र चीनलगायत देशमा प्रतिलिटर ७ हजारदेखि १२ हजार रुपैयाँसम्म पर्ने जनाइएको छ ।

दोस्रो नगरसभाले उद्योग सञ्चालनमा ल्याई बेरोजगार युवालाई रोजगारी दिने घोषणा गरेको थियो । ३० स्थानीय युवाले उद्योगमा रोजगारी पाएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.