सरकार र सीके राउतबीच भएको सहमति डरलाग्दो : थापा

सरकार र सीके राउतबीच भएको सहमति डरलाग्दो : थापा

महेन्द्रनगर : राप्रपाका अध्यक्ष कमल थापाले सरकार र सीके राउतबीच भएको सहमति डरलाग्दो रहेको प्रतिक्रिया दिएका छन्। शनिबार बिहान महेन्द्रनगरमा मिडिया नेपालले गरेको पत्रकार सम्मेलनमा बोल्दै थापाले विगतमा राष्ट्र विखण्डन गतिविधि गर्दै आएका राउत र सरकारबीच एकाएक भएको सहमतिलाई शंकास्पद रुपमा आफूले हेरेको बताए।

‘राउतबीच भएको सहमति के हो, त्यसका बारेमा सरकारले हप्तादिन भित्रमा प्रष्ट धारणा सार्वजनिक गर्नुपर्छ’ उनले भने,‘बाहिर हेर्दा जस्तो देखिएपनि भित्रै रहस्यमय नै हुन सक्ने देखिएकाले प्रष्ट हुनु जरुरी देखिन्छ।’ उनले राष्ट्र विखण्डन हुने कुुनैपनि गतिविधि राप्रपालाई मान्य नहुने बताउदै सरकारले प्रष्ट धारणा अघि नराखे संघर्षका कार्यक्रम अघि बढाउने चेतावनी दिए ।  तर उनले मुलुकलाई खण्डित हुन नदिने सवालमा भएको सहमतिलाई प्रारम्भिक रुपमा भने स्वागत गर्न सकिने स्पष्ट पारे।

राप्रपाले फागुन ७ गते सरकारलाई हिन्दुराष्ट्र पुन:स्थापनासहित विभिन्न २२ बुँदे मागहरु बुझाएको र ती मागहरु मसान्तसम्म सम्बोधन नभए जनसंघर्षका कार्यक्रम चैतदेखि शुरु गर्ने बताए । फागुन मसान्त लगत्तै बस्ने पार्टीको केन्द्रीय कार्यसमिति र ७७ वटै जिल्लाका अध्यक्षसहितको विस्तारीत बैठकले संघर्षका कार्यक्रम सार्वजनिक गर्ने थापाले जानकारी दिए ।

फाुगन १५ गते ताप्लेजुङको पाथिभराबाट सुरु भएको राप्रपाको राष्ट्रिय स्वाभिमान यात्रा शुक्रबार महेन्द्रनगर पुगेको हो । शुक्रबार महेन्द्रनगरमा आयोजित समारोहलाई अध्यक्ष थापाले सम्बोधन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.