जेलमुक्त भएका लक्ष्मणले भने -अब थरुहट आन्दोलन छिट्टै

जेलमुक्त भएका लक्ष्मणले भने -अब थरुहट आन्दोलन छिट्टै

धनगढी : फागुन २२ गते कैलाली जिल्ला अदालतको फैसलापछि जेलमुक्त भएका थारु नेता लक्ष्मण थारुले थरुहटको आन्दोलन छिट्टै सुरुवात हुने बताए। बिरामी भएर काठमाडौंमा रहेका बेला उनी उतैबाट रिहा भएका थिए।

जेलमुक्त भएपछि आइतबार धनगढी पुगेका थारुले पत्रकारसँग कुराकानी गर्दै आफूले साथीसँग छलफल गर्ने र छिट्टै थारुको पहिचानको आन्दोलन सुरु हुने बताए। उनले ७ प्रदेशको संघीय संरचना आफूहरुलाई मान्य नभएकाले छिट्टै शान्तिपूर्ण आन्दोलनमा जाने बताए। 'संविधानले ७ वटा प्रदेश बनाएर थारु समुदायलाई सात ठाउँमा विभाजन गरेको छ, त्यो हामीलाई मान्य छैन, साथीहरुसँग सल्लाहमा छु, छिट्टै शान्तिपूर्ण आन्दोलन हुन्छ,' उनले भने।

उनले थारुहरुको आन्दोलन अरु कुनै समुदायको अधिकार कुन्ठित पार्न नभएर अरु समुदायको अधिकार झन बलियो बनाउँदै आफ्नो पनि अधिकार सुश्चित गर्ने हुने बताए। 'थारु समुदायको आन्दोलन अरुको अधिकार विरुद्धको आन्दोलन हो, अरु कसै समुदायका विरुद्ध हो भन्ने बुझाई गलत छ' उनले भने। 'हामीलाई राज्यले हेपेको छ, त्यसैले हामी अधिकार पाएका समुदायको अधिकार शुनिश्चित रहने गरी आफ्नो आन्दोलन गनेछौं।'

जिल्ला अदालत कैलालीको फैसलालाई उनले 'हिम्मती फैसला' बताए।'जिल्ला आदालतको फैसला हिम्मत भएको फैसला थियो, हामी त्यसको स्वागत गर्दै जन्म कैद भएका साथीहरुको न्यायका लागि पनि पुनारावेदन जान्छौं', उनले भने।

उनले, जिल्ला अदालतले धेरै ढिलो गरेपनि हिम्मतका साथ फैसला गरेको बताए। उनले थारुहरुको पहिचानका लागि वर्तमान सरकार जिम्मेवार हुनुपर्ने बताउँदै प्रधानमन्त्री ओलीसँग कुरा गर्न तयार रहेको बताए। 'संविधानमा हामीलाई अधिकार सम्पन्न बनाइएको छैन, त्यसैले त्यो संविधान मान्य छैन,' थारुले भने। उनले केपीओली नेतृत्वको सरकारले आफूहरुसँग कुराकानी गरेन भने आन्दोलनमा जाने बताए।

टीकापुर घटनाका ५८ जना आरोपीमध्ये २७ जना पक्राउ परेका थिए। पक्राउ परेकामध्ये पनि रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैद, तीनजनालाई सफाई र १६ जनालाई तीनवर्ष कैदको सजायको फैसाला भएको छ। लक्ष्मण थारु पनि तीन वर्षको कैद सजाय तोकिए पनि उनको कैद भुक्तान भईसकेकाले काठमाडौं जेलबाटै रिहा भएका थिए।

तीन वर्षको सजाय तोकिएका १६ जनामध्ये १५ जना फागुन २२ गते नै रिहाइ भइसकेका छन् भने एकजना ढिला गरी पक्राउ परेकाले उनको सजाय फागुन ३० गते सकिने छ। अदालतको फैसलाले, न्यायको आगामी बाटो खोलीदिएको प्रतिक्रिया दिँदै थारुले आफूहरु जन्मकैद भएकाको न्यायका लागि छिट्टै पुनरावेदन जाने बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.