जनकपुरमा सिके राउतका सुरक्षादस्ता, फेरि लाग्यो विखण्डनकारी नारा

जनकपुरमा सिके राउतका सुरक्षादस्ता, फेरि लाग्यो विखण्डनकारी नारा

जनकपुरधाम : अखण्ड र सार्वभौम नेपालमा सहमति जनाउँदै सरकारसँग ११ बुँदे सहमति गरेका डा. सिके राउत आइतवार जनकपुर पुग्दा पुरानै शैलीमा विखण्डको नारा लागेको छ । काठमाडौँबाट सिके राउत जनकपुर ओर्लिँदा एकातिर तालिम प्राप्त सुरक्षा दस्ता थिए भने अर्कातिर उनका समर्थकले ‘स्वतन्त्र मधेसको’ नारा घन्काएका छन् । 

राउतले पृथकतावादी आन्दोलनको बाटो छाडेर मूलधारको राजनीतिमा प्रवेश गरेको भनिरहँदा उनका कार्यकर्ताहरुले भने पुरानै नारालाई झनै चर्काएका छन् । 

मूलधारको राजनीतिमा प्रवेश गरेपछि आइतबार काठमाडौंबाट जनकपुर आएका राउतलाई स्वागत गर्न जनकपुर विमानस्थल पुगेका समर्थकहरुले स्वतन्त्र मधेसको नारा लगाएका थिए ।

‘फ्री मधेस’ लेखिएको झण्डा बोकेर राउतको स्वागतमा पुगेका कार्यकर्ताहरुले हिन्दी भाषामा विखण्डनको नारा लगाए । कार्यकर्ताहरुले लगाएको नारामा ‘नेपाली उपनिवेश मुर्दावाद, मधेश देश लेके रहेंगे, स्वतन्त्र मधेस गठबन्धन जिन्दावाद’ लगायत रहेका थिए ।

राउतलाई सुरक्षा दिन उनका कार्यकर्ताहरुले दस्ता नै बनाएका थिए । राउतको सुरक्षामा खटिएका स्वतन्त्र मधेस गठबन्धनका कार्यकर्ताहरु जनकपुर विमानस्थलमा सतर्क अवस्थामा देखिए । 

राउतका आठजना निजी सुरक्षा दस्ताले कालो ज्याकेट, टाउकोमा रातो फेटा, मुखमा कालो मास्क, आँखामा कालो चश्मा र स्वतन्त्र मधेस गठबन्धन लेखिएको झण्डा लिई विमानस्थलमा उभिएका थिए । 

असईको सुरक्षा

राउत विमानस्थलमा आउँदा उनको सुरक्षा गर्न, भिडभाड व्यवस्थापन गर्न, सञ्चारकर्मीहरुको अनावश्यक नगर्न सुरक्षा गार्ड खटाइएको उनका समर्थकले बताए । 
राउत विमानस्थलमा पुग्नु अगावै जिल्ला प्रहरी कार्यालय धनुषाबाट दुईजना सुरक्षा गार्ड भीआईपी कक्षमा सुरक्षा दिन पुगेका थिए । राउतलाई एकजना असई र एकजना प्रहरी जवान सुरक्षाका लागि प्रशासनबाट उपलब्ध गराइएको हो ।

पत्रकारमाथि दुर्व्यवहार 

राउत विमानस्थलमा पुगेपछि उनीसँग सञ्चारकर्मीहरुलाई कुराकानी गर्न समर्थकहरुले रोक लगाए । उनको तस्बिर खिच्ने प्रयास गर्दा निजी सुरक्षा दस्ता बनाएर खटिएका कार्यकर्ता सञ्चारकर्मीमाथि जाई लागेका थिए । 

राउतसँग प्रश्न गर्ने सञ्चारकर्मीहरुलाई समर्थकहरुले दुर्व्यवहार गरे । भीआईपी कक्षबाट राउतलाई उनको सुरक्षा दस्ताले चारैतिरबाट घेरेर बाहिर निकालेको थियो । राउतले पनि सञ्चारकर्मीलाई कुनै प्रतिकृया दिएनन् । उनी समर्थकहरुसँगै लागेर विमानस्थलबाट निस्केपछि नगर परिक्रमा गर्दै घर पुगेका थिए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.