माई भ्याली गोल्डकपमा दार्जिलिङको विजयी सुरुआत

माई भ्याली गोल्डकपमा दार्जिलिङको विजयी सुरुआत

इलाम : पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगितामा पाहुना टोली युनाइटेड दार्जिलिङ क्लब भारतले विजयी सुरुआत गरेको छ।

इलामस्थित ठूलो टुँडिखेलमा आइतबार भएको उद्घाटन खेलमा दार्जिलिङले आयोजक माई भ्याली फुटबल क्लबलाई १–० गोलले हरायो। दार्जिलिङको जितमा देवासिस राई नायक बने। खेलको उत्तरार्धमा मैदान छिरेका राईले इन्जुरी समयमा गरेको गोल नै निर्णायक बन्यो।

दार्जिलिङले मंगलबार नेपाल पुलिस क्लबसँग क्वार्टरफाइनल खेल खेल्नेछ। दार्जिलिङका वाङदेन तामाङ म्यान अफ दी म्याच घोषित भए। उनले १० हजार रुपैयाँ पुरस्कार पाए। सोमबार हिमालयन शेर्पा क्लब काठमाडौं र नेप्लिज फुटबल एकाडेमी हङकङबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल, भारत, हङकङ र क्यामरुनका गरी १० टिमको सहभागिता छ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेको उक्त प्रतियोगिताको समापन आगामी चैत ५ गते हुनेछ। प्रतियोगिताको विजेताले सात लाख र उपविजेताले चार लाख रुपैयाँ नगद पुरस्कार हात पार्नेछन्। यो प्रतियोगिता २०७१ सालदेखि सुरु भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.