२५ किलो चाँदी र सय ग्राम सुनसहित २ भारतीय पक्राउ

२५ किलो चाँदी र सय ग्राम सुनसहित २ भारतीय पक्राउ

जनकपुरधाम  :  अवैद्य सुनचाँदीसहित धनुषामा प्रहरीले दुईजना भारतीय नागरिक पक्राउ परेका छन् । नेपालबाट भारत तर्फ सुनचाँदी मोटरसाइकलमा लुकाई लगिरहेको सूचनाका आधारमा प्रहरीले आइतबार बेलुका जनकपुर उपमहानगरपालिका–१५ कुवा गाउँबाट दुईजनालाई पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा भारतको विहार राज्य मधुवनी बासोपट्टी–४ का कृष्ण कुमार महतो सुडी र रुपेश महतो रहेका छन् । 

नेपाल हुँदै भारत तर्फ जान लागेको बीआर ३२एस४३५७ नम्बरको पल्सर मोटरसाइकलको ट्यांकीमुनिबाट प्वाल बनाई ढोका जस्तो नट कसेर सुनचाँदी लुकाएको अवस्थामा प्रहरीले फेला पारेको छ । 

सोमबार जिल्ला प्रहरी कार्यालय धनुषामा पत्रकार सम्मेलन गरेर पक्राउ परेका अभियुुक्त र सामान सार्वजनिक गरिएको हो । 

मोटरसाइकल भित्र सेतो रंगको प्लास्टिकमा बेरेको सुनको बाला २ थान र गोलो टुक्रा २ थान गरी सय ग्राम सुन र चाँदीको दाना ९ प्याकेटमा २५ किलो चाँदी बरामद गरिएको प्रहरी उपरीक्षक शेखर खनालले बताए । 

पक्राउ परेकाहरुले चोरी पैठारी गरि सुनचाँदी भारत लगिरहेको अवस्थामा भेटिएकाले त्यही अनुसार कारबाही अघि बढाइएको उपरीक्षक खनालले बताए ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.