हिमालयन शेर्पा माई भ्याली गोल्डकपको क्वार्टरफाइनलमा

हिमालयन शेर्पा माई भ्याली गोल्डकपको क्वार्टरफाइनलमा

इलाम : हिमालयन शेर्पा क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा हङकङ नेप्लिज फुटबल एकेडेमीलाई ५–१ गोल अन्तरले पराजित गर्दै शेर्पा क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

शेर्पाको जितमा सुनिल खड्काले ह्याट्रिक पूरा गरे। खेल सुरु भएलगत्तै गोल गरेका सुनिलले टोलीलाई १–० ले अघि बढाएका थिए। त्यसपछि खेलको नवौं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेका सुनिलले ६६औं मिनेटमा ह्याट्रिक पूरा गरेका थिए। त्यसबाहेक शेर्पाका लागि खेलको ७७औं मिनेटमा मानबहादुर तामाङ र ८२औं मिनेटमा विसन गुरुङले एक/एक गोल थपेका थिए।

पाहुना टोली हङकङ नेप्लिजका लागि भने समीर लिम्बूले खेलको दोस्रो हाफमा सान्त्वना गोल फर्काएका थिए। खेलमा केही राम्रा अवसर सिर्जना गरे पनि त्यसलाई सदुपयोग गर्न नसक्दा हङकङ नेप्लिजले ठूलो अन्तरको पराजय बेहोरेको हो।

टोलीले ठूलो अन्तरको पराजयमा हङकङ नेप्लिजका प्रशिक्षक गोपाल राईले आफ्ना खेलाडीको स्वास्थ्य समस्या भएको बताए। ‘खेलाडीलाई यहाँको वातावरणमा घुलमिल हुन केही मुस्किल देखियो। कतिपय खेलाडी बिरामी नै परेका छन्’, प्रशिक्षक राईले भने, ‘त्यसैले हामी पराजित हुन पुग्यौं।’

शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले टोलीको जितमा खुसी व्यक्त गरे। उनले योजना अनुसारकै खेल सम्भव भएकाले जित सहज भएको पनि बताए। ‘खेलाडीहरूले योजनाअनुसारकै प्रदर्शन गरे। त्यसैले जित सहज भयो’, प्रशिक्षक पुडासैनीले भने, ‘प्रतियोगिताको बाँकी खेलमा समेत यस्तै नतिजाको अपेक्षा गरेका छौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.