‘लुट्न सके लुट' मा दर्शक ओइरो

‘लुट्न सके लुट' मा दर्शक ओइरो

नेपालगन्ज : गायक पशुपति शर्माको ‘लुट्न सके लुट' गीत सुन्न नेपालगन्जको प्रादेशिक महोत्सवमा दर्शकको ओइरो लाग्यो। मेलाको छैटौं दिन महोत्सवमा अहिलेसम्मकै सर्वाधिक दर्शकको ओइरो लागेको हो। सांगीतिक कार्यक्रमको सुरुआत गायिका कला लम्सालले गरिन्।

उनी मञ्चबाट ओर्लिएर दर्शकसामु पुगिन्, हुटिङ सुरु भयो। अर्का गायक मेक्सिम खाती क्षेत्रीले पनि दर्शकदीर्घामा पुगेर दर्शक नचाएका थिए। त्यतिबेलासम्म दर्शकको संख्या बढिसकेको थियो। पौने ४ बजेतिर महोत्सवका सञ्चालक ओबीराज आचार्यले पशुपतिको नाम उच्चारण गर्नेबित्तिकै हुटिङ सुरु भइसकेको थियो।

सुरुमा ‘मलाई अमेरिका यही’ बोलको गीत गाएका पशुपतिले आधा दर्जनभन्दा बढी गीत गाए। अन्तिमभन्दा अघि लुट्न सके लुट कान्छा... गीत गाउँदै गर्दा दर्शक उठिरहेका थिए। उनले जब गीत गाउन थाले, तब दर्शक पनि नाच्न थाले।

पशुपतिले गीत व्यंग्यात्मक सन्देश दिने खालको भए पनि आपूmले अलि कति मिस्टेक गरेको जस्तो लागेकाले युट्युबबाट हटाएको स्पष्टीकरण पनि दिन भ्याए। ‘यो विशुद्ध व्यंग्यात्मक गीत हो। मैले कसैका विरुद्ध सिर्जना गरेको होइन। समाजमा जे देख्छु। त्यसैलाई टपक्कै टिपेर गाउँछु’, उनले गीत कसैका विरुद्ध लक्षित नभएको उनको दाबी पनि गरे। ‘मेरा दाजु डाक्टर, भाइ र भिनाजु मास्टर छन्। उनीहरूलाई छेड हानेको छु। मेरो गीतको व्यंग्य बुझौं र देश लुट्नेलाई दुरुत्साहन गरौं। व्यंग्यलाई सीधा बुझ्दा बडो गाह्रो हुन्छ।’

उनले गीतका पंक्तिपिच्छे रचनागर्भ सुनाउन पनि भ्याए। पशुपतिले गीत गाउँदै गर्दा दर्शकदीर्घालाई मात्र होइन, गायिका कला लम्साल र मेक्सिम खातीलाई मञ्चमा डाकेर नचाएका थिए। उनको भजनमा पनि दर्शक झुमेका थिए। कार्यक्रमको अन्तिममा उनले गायिका लम्सालसँग दोहोरी गाएका थिए।

कार्यक्रममा यम बरालले आफ्ना लोकप्रिय गीतमार्फत दर्शकको मन जितेका थिए। निष्ठुरीले छोडेर गई हाली गीतबाट गाउन सुरु गरेका बरालले बादलुको घुम्टोले, हेर हेर पूर्वबाट झुल्किएछ घामलगायतका गीत गाएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.