जंगलमा सल्केको आगो बस्तीमा पस्दा ६ घर जले

जंगलमा सल्केको आगो बस्तीमा पस्दा ६ घर जले

ओखलढुंगा : सिद्धिचरण नगरपालिका–२ ठूलाछापमा भएको आगलागीमा ६ घर जलेर नष्ट भएका छन् । जंगलमा सल्केको आगो नियन्त्रण गर्न नसक्दा ठूलाछापको चुहानछाप गाउँमा पसेको थियो । 

आगलागीबाट नरेन्द्र कार्की, प्रेम कार्की, ढकबहादुर कार्की, सत्यवती कार्की, गोविन्द खड्का र ढुलबहादुर कार्कीको घर तथा धनमाल जलेर नष्ट भएको छ । त्यस्तै शमशेरबहादुर कार्कीको मतान जलेको प्रहरीले जनाएको छ । 

गोविन्द खड्काको निजी वनबाट सुरु भएको आगो नियन्त्रण नहुँदा बस्तीमा पसेर क्षति पुर्याएको स्थानीयले बताए । आगो नियन्त्रणका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी र नगरपालिकाको टोली परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी मुनका न्यौपानेले बताइन् । 

उनले आगो नियन्त्रण गर्न पानी नहुँदा समस्या आएको बताइन् ।  ‘सुरक्षाकर्मी र स्थानीयले आगो नियन्त्रणको प्रयास गरिरहेका छन्’, उनले भनिन्, ‘दमकल पठाइए पनि बाटो साँघुरो भएकाले घटनास्थलमा पुग्न सकेको छैन ।’

खाद्यन्न, त्रिपाल, पानी लगायतका वस्तु समेत पीडितहरुलाई उपलब्ध गराउन पहल भइरहेको प्रहरीले जनाएको छ । घर जलिसकेपछि आगो पनि नियन्त्रणमा आइसकेको छ । घटनास्थल सदरमुकामबाट टाढा भएकाले सुरक्षाकर्मी पुग्न ढिलाइ भएको थियो । 

आगोलागीबाट ६ परिवारका घरसहित सम्पूर्ण धनमाल नष्ट भएको स्थानीय गेजराज श्रेष्ठले बताए । क्षतिको एकिन नभए पनि ८० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । 

त्यस्तै मोलुङ गाउँपालिका वडा नंं ७ र ८ मा रहेको सरकारी  वनमा सुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन । तीन दिनदेखि शुरु भएको आगोले सयौं हेक्टर सरकारी, सामुदायिक र निजी वन सखाप भएको मोलुङ गाउँपालिका–७ वडा अध्यक्ष हेमबहादुर सुनुवारले बताए । उनले आगो स्थानीयको पहलमा नियन्त्रणमा ल्याउन नसकिएको जनाए । अहिले पनि भीषण आगलागी भइरहेको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.