हिमालयन शेर्पा माई भ्याली गोल्डकपको सेमिफाइनलमा

हिमालयन शेर्पा माई भ्याली गोल्डकपको सेमिफाइनलमा

इलाम : हिमालयन शेर्पा क्लब इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रण माई भ्याली गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। बुधबार भएको क्वार्टरफाइनल खेलमा साविक विजेता थ्रीस्टार क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै शेर्पा प्रतियोगिताको अन्तिम चारमा पुगेको हो।

खेलमा एक गोलले पछि परेको अवस्थाबाट फर्कंदै शेर्पाले सानदार जित हात पारेको हो। खेलमा १४ औं मिनेटमै कप्तान अनिल गुरुङले टोलीलाई १–० ले अघि बढाएका थिए। यद्यपि त्यसपछि शेर्पाले निरन्तर तीन गोल गर्दै अन्तिम चारको यात्रा निश्चित गरेको हो।

शेर्पाका लागि खेलको १९ औं मिनेटमै विजय श्रेष्ठले बराबरी गोल गरेका थिए। त्यससँगै पहिलो हाफ १–१ गोलको बराबरीमै टुंगिएको थियो। त्यसपछि खेलको ६८ औं मिनेटमा त्रिभुवन गुरुङ र ७५ औं मिनेटमा सुनिल खड्काले एक/एक गोल गर्दा टोलीको जित ३–१ ले पक्का भएको थियो।

पराजयपछि थ्रीस्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीको पहिलो रोजाइका सबै खेलाडी उपस्थित नहुँदा पराजित हुन पुगेको प्रतिक्रिया दिए। ‘पहिलो रोजाइका ६ जना खेलाडी इलाम आउन सकेनन्। त्यसैले पनि खेलमा टोलीको तालमेल मिलेन’, प्रशिक्षक केसीले भने, ‘त्यसका बीच टोलीले राम्रो प्रदर्शन गरेको हो।’

शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले प्राप्त अवसर सदुपयोग गर्न नसक्दा जितको अन्तर सानो भएको बताए। ‘हामीले थ्रीस्टारसँग यो सिजन सिमरा गोल्डकपमा समेत खेलेका थियौं। त्यसैले उसको कमजोरीमा हामीले योजना बनाएका थियौं’, प्रशिक्षक पुडासैनीले भने, ‘त्यसका बीच हामीले प्राप्त सबै अवसरलाई सदुपयोग गर्न सकेनौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.