महिला दुर्व्यवहार आरोपमा उपमेयरका श्रीमान् पक्राउ

महिला दुर्व्यवहार आरोपमा उपमेयरका श्रीमान् पक्राउ

निजगढ : महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले निजगढबाट सिम्रौनगढ नगरपालिकाका उपमेयरका श्रीमानलाई नियन्त्रणमा लिएको छ । 

फोनमार्फत आफूलाई अपशब्द प्रयोग गर्दै शारीरिक सम्पर्कका लागि बोलाएको भन्दै एक महिलाले दिएको उजुरीका आधारमा प्रहरीले सिम्रौनगढ नगरपालिका–७ खजानीका २९ वर्षीय जयन्त कुशवाहालाई नियन्त्रणमा लिएको हो । 

कुशवाहा सिम्रौनगढ नगरपालिकाकी उपमेयर रिना कुशवाहाका श्रीमान् हुन् । गुरुङलाई तिनै महिलासँग निजगढस्थित होटल गुरुङमा बसिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरी नायव निरीक्षक देवकीलाल चौधरीले जानकारी दिए । 

फोनमार्फत कुशवाहाले दुर्व्यवहार गरेको भन्दै महिलाले जिल्ला प्रहरी कार्यालय बारामा उजुरी दिएकी थिइन् । कुशवाहाले फोनबाट अपशब्द प्रयोग गर्दै शारीरिक सम्पर्कका लागि बोलाएपछि सूचना दिएर महिलाले निजगढस्थित होटलमा भेट्ने योजना बनाएको प्रहरीको भनाई छ । पक्राउ परेका कुशवाहालाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइएको प्रहरी नायव निरीक्षक चौधरीले जानकारी दिए । 

कुशवाहा सिम्रौनगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष हुन् । उनी प्रदेश २ का सभामुख सरोज यादवको स्वकीय सचिवमासमेत नियुक्त छन् । स्वकीय सचिवमा नियुक्त भए पनि कुशवाहा श्रीमती रिनालाई नगरपालिकाको काममा सघाउँदै आएका छन् ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.