मकवानपुरको थाहा नगरमा ट्रक आगजनी

मकवानपुरको थाहा नगरमा ट्रक आगजनी

मकवानपुर : उत्तरी मकवानपुरको थाहा नगरपालिका ४ नयागाउँमा ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ । काठमाडौंबाट हेटौंडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बर ट्रकमा गएराति करिब एक बजेको समयमा अज्ञात समुहले आगजनी गरेको मकवानपुर प्रहरी प्रमुख एसपी मुकेश सिंहले बताए ।

पालुङ र दामनको जंगलबीच नयाँगाउँमा ट्रकलाई रोकी घरेलु हतियार देखाएर ४–५ जनाको समूहले पेट्रोल खन्याएर आगजनी गरेको चालकलाई उदृत गर्दै मकवानपुर प्रहरीले जनाएको छ । ट्रकमा चालक, सहचालकसहित तीन जना सवार थिए । आगजनीबाट ट्रकको टेलरमा क्षति भएको एसपी सिंहले जानकारी दिए ।

‘विप्लव नेतृत्वको नेकपाले आज नेपाल बन्दको आह्वान गरेको कारण उनीहरुले नै त्रास सिर्जना गराउन आगजनी गरेको हुनसक्ने हाम्रो अनुमान छ’, उनले भने, ‘जिल्लाको अन्य स्थानहरुमा भने दैनिकी सामान्य रहेको छ ।’ 

प्रदेश ३ को राजधानी हेटौंडा र मुख्य राजमार्गहरुमा भने बिहानैदेखि सवारी ठप्प भएका छन् । फाट्टफुट्ट मात्र सवारी चलेका छन् ।  



 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.