प्रहरी भित्रको बेतिथि रोक्न तयार छौं : महानिरीक्षक खनाल

प्रहरी भित्रको बेतिथि रोक्न तयार छौं : महानिरीक्षक खनाल

बिर्तामोड : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले नेपालमा विकास विरोधी गतिविधि गर्ने माथि प्रहरीले निगरानी बढाएको बताएका छन्। बिहीबार सडक दुर्घटना न्यूनीकरण महाअभियान दोस्रो चरणको कार्यक्रमको झापाको बिर्तामोडमा आयोजित उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै खनालले यस्तो बताएका हुन्। 

नेत्रविक्रम चन्द्र 'विप्लव'ले नेतृत्व गरेको नेकपातर्फ इंगित गर्दै खनालले कतै त्यस्ता गतिविधि गर्नेले लुकेर शान्त समाजमा बसेर आतंकित पार्ने काम गरे निर्धक्‍क भएर प्रहरीलाई सूचना दिन आग्रह गरे। 'हामीले देशभर सुरक्षाको योजना बनाएका छौं, प्रहरी अपराधिक गतिविधि गर्नेतर्फ केन्द्रित छ, तपाईको समाजमा त्यस्ता गतिविधि गर्ने समूह भए सूचना दिएर प्रहरीलाई सहयोग गर्नुहोस्,' उनले भने।

महानिरीक्षक खनालले नागरिकलाई शान्त र सुरक्षित वातावरणको महसुश दिलाउन प्रहरी तत्पर रहेको बताए। उनले झापा सहित नेपालको सीमावर्ती क्षेत्रमा मदिरा र लागुऔषधको कारोबार हुने गरेको गुनासो बढेकाले यसलाई रोक्न प्रहरीले आक्रमक योजना ल्याउने तयारी गरेको समेत बताए। 

खनालले प्रहरी संगठनभित्र पनि केही कमी कमजोरी रहेको बताउँदै प्रहरी भित्रको बेतिथि रोक्न आफू लागि परेको बताए। उनले प्रहरी संगठनभित्र अझै सुधार गर्न बाँकी रहेकाले आफ्नै कार्यकालमा सुधारेर देखाउने प्रतिबद्धता जनाए। 

महानिरीक्षक खनालले कार्यक्रमबाट नै प्रहरी कर्मचारीले जनताको सेवा गर्ने र शान्ति सुरक्षा कायम गर्ने कार्यमा आउने जस्तोसुकै चुनौति र बाधा अडचनसँग नडराई निर्धक्‍क भई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए।

भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई अक्षरस पालना गरी नागरिकको सेवामा हरदम तल्लीन हुनुपर्ने उनको भनाई छ।जघन्य अपराध र अपराधीप्रति विवेकसम्मत कठोर हुनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक खनालले गैरकानुनी क्रियाकलापप्रति कुनै पनि सम्झौता गर्न नहुने बताए। 

महाअभियान समितिको आयोजना तथा १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालयको संयोजनमा सुरु सडक दुर्घटना न्यूनीकरण महाअभियानको दोस्रो चरणको कार्यक्रमको उद्घाटन झापाको बिर्तामोडमा भएको र अभियान १५ दिन सम्म चल्ने महाअभियानका संयोजक महेन्द्रकुमार गिरीले जानकारी दिए। महानिरीक्षक खनालले चालकलाई चालक पोशाक लगाइ दिएर अभियानको सुभारम्भ गरेका छन्।

अभियानको उद्घाटन अघि बिहीबार बिहान प्रभात फेरीको आयोजना गरिएको थियो। उद्घाटन कार्यक्रममा ट्राफिक प्रहरीलाई ३५ लाखभन्दा बढीका सामग्री पनि हस्तान्तरण गरिएको छ। जसमा १० थान मोटरसाइकल, १० थान ब्रेथ लाइजर, १० थान विल लक र ७०० थान चालकलाई पोशाक प्रदान गरिएको संयोजक गिरीले बताए। 

त्यस्तै, बिर्तामोड ३ मा रहेको ८ कठ्ठा जमिनमा जिल्ला ट्राफिक प्रहरीको ३ तले भवन निर्माण हुने भएकाले उक्त भवनको समेत महानिरीक्षक सर्वेन्द्र खनालले शिलन्यास गरे। प्रदेश सरकारको २ करोड ५५ लाख रुपैयाँमा कार्यालयसहित सेमिनार हल निर्माण हुने ट्राफिक प्रहरी प्रमुख राईले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.