बीपी प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

बीपी प्रतिष्ठानका उपकुलपति रौनियार बर्खास्त

धरान : प्रधानमन्त्री केपी शर्मा ओलीले बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठान धरानका उपकुलपति राजकुमार रौनियारलाई पदबाट बर्खास्त गरेका छन्। गत फागुन १७ गते बालुवाटारमा सम्पन्न प्रतिष्ठानको सिनेट बैठकको निर्णयलाई सदर गर्दै ओलीले रौनियारलाई पदबाट बर्खास्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले उपकुलपति रौनियारलाई बर्खास्त गरेको पत्र बिहीवार स्वास्थ्य मन्त्रालयमा पठाइएको छ। रौनियार प्रतिष्ठानको उपकुलपति बनेपछी प्रतिष्ठान सञ्चालन राम्रोसँग नगरेको, विभिन्न उपकरण खरिद लगायतमा आर्थिक अनियमितता गरेको, प्रतिष्ठानका अन्य पदाधिकारीको अधिकार खोसेको लगायतका आरोप लगाउँदै ४२ औं सिनेट बैठकले पदबाट हटाउने निर्णय गरेको थियो।

सिनेट बैठकको निर्णय पश्चात उपप्रधान तथा स्वास्थयमन्त्री उपेन्द्र यादवले प्रतिष्ठानको कुलपती समेत रहेका प्रधानमन्त्री ओलीलाई रौनियारलाई हटाउन सिफारिस गरेका थिए।

यादवको सिफारिसलाई सदर गर्दै प्रधानमन्त्रीले रौनियरालाई बर्खास्त गरेको पत्र स्वास्थ्य मन्त्रालयलाई पठाएको मन्त्री यादवका स्वकीय सचिव महेश चौरासियाले बताएका छन्। रौनियारलाई फागुन २६ गतेदेखि लागू हुने गरी पदबाट बर्खास्त भएको पत्र बिहीबार मात्र मन्त्रालयमा आइपुगेको उनले बताए।

रौनियारलाई पदबाट बर्खास्त गरेपछि प्रतिष्ठानको निमित्त उपकुलपतिको जिम्मेवारी शिक्षाध्यक्ष गुरु खनाललाई दिइएको छ।

रौनियारलाई तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाको सिफारिसमा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले उपकुलपति नियुक्त गरेका थिए।

प्रतिष्ठानमा उपकुलपति रौनियार विरुद्ध उजुरी परेपछी प्रधानमन्त्री ओलीले उपप्रधानमन्त्री यादव र सचिव केदारबहादुर कार्कीको संयोजकत्वमा छुट्टाछुट्टै छानविन समिति गठन गरेका थिए। दुबै छानविन समितिले समेत रौनियारको काम कारबाही गलत भएको भन्दै उनलाई कारबाही गर्न सिफारिस गरेको थियो।

बर्खास्तमा परेका उपकुलपति रौनियरले भने आफूलाई बर्खास्त गर्नु गैरकानुनी भएको प्रतिक्रिया दिए। उपप्रधानमन्त्री उपेन्द्र यादवले पूर्वाग्रह राखेर सिनेट बैठकमा आफूलाई प्रवेश गर्न नदिई गैरकानुनी काम गरी आफूलाई अन्याय गरेको बताए। उनले आफूलाई बर्खास्त गरेको विषयमा औपचारिक रुपमा पत्र आएपछि कानुनी उपचार खोज्ने बताएका छन्।

रौनियार उपकुलपति भएपछि प्रतिष्ठानका शिक्षाध्यक्ष गुरु खनाल र रजिस्ट्रार तुलबहादुर श्रेष्ठको अधिकार कटौती गरी आफूखुसी निर्णय गर्दै प्रतिष्ठानको सिनेट बैठक समेत नबोलाएपछि रौनियारविरुद्ध प्रधानमन्त्री ओलीले छानविन समिति गठन गरेको थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.