पोखरीमा डुबेर बालकको मृत्यु
झापा : भद्रपुर नगरपालिका–२ स्थित किच्चकबधको पोखारीमा डुबेर एक बालकको मृत्यु भएको छ ।
ताप्लेजुङ फुङ्लिङ नगरपालिका–४ का लोकेन्द्र लिम्बूका १३ वर्षीय छोरा इदम लिम्बूको पोखरीमा डुबेर मृत्यु भएको हो ।
भद्रपुर नगरपालिका–२ कै राम लिम्बूको घरमा पाहुन आएका इदम साथीहरुसँग शनिबार पोखरीमा नुहाउन गएका थिए । नुहाउने क्रममा उनको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्र कुमार श्रेष्ठले बताए ।
मेची अञ्चल अस्पताल भद्रपुरमा लिम्बूको शव पोस्टमार्टम गरिएको हो ।