इस्टर्न हाइड्रोको सेयर खुला

इस्टर्न हाइड्रोको सेयर खुला

भोजपुर : जिल्लाकै एकमात्र ठूलो इस्टर्न जलविद्युत आयोजनाको संस्थापन सेयर खुला गरिएको छ। निर्माणाधिन आयोजनाले प्रभाव पार्ने भोजपुर नगरपालिकाका ५, ६, ७ र ९ प्रभावित क्षेत्रका स्थानीय र जिल्लाभित्रका सर्वसाधरणका लागि सेयर खुला गरिएको आयोजनाले जनाएको छ।

सेयरमध्ये प्रभावित क्षेत्रका स्थानीयका लागि प्रति कित्ता 1 सय रुपैयाँ र प्रभावित क्षेत्रबाहेक जिल्लाभित्र बसोबास गर्ने सर्वसाधरणका लागि प्रतिकित्ता १ सय ५० रुपैयाँ पर्नेगरी सेयर खुलाइएको हो।

आयोजनाको पीपीएअनुसार कुल लगानी केही प्रतिशत लगानी स्थानीयका लागि अनिवार्य हुनेगरी सेयर खुलाइने तयारी रहेको आयोजनाका जनसम्पर्क अधिकृत दिपेन राईले बताए। 

सेयर लिन चाहाने सेयरदाताले प्रभु बैंक भोजपुर शाखाबाट ५० कित्तादेखि १० हजार कित्तासम्म खरिद गर्न सक्ने आयोजनाका जनसम्पर्क अधिकृत दिपेन राईले बताए। उनले भने, 'आयोजनाको कुल लगानीमध्ये करिब १० प्रतिशत जति स्थानीयको लगानी हुनेगरी पीपीए सम्झौता गरिएको छ।सोहीअनुरुप आयोजनाको सेयरमा स्थानीयबासी र जिल्लाबासीलाई विशेष प्राथमिकता दिइएको हो।'

सेयर खरिदका लागि आयोजनाले आधिकारिक रुपमा प्रभु बैंक भोजपुर शाखाबाट कारोबार सुरु गरेको जनाएको छ। आयोजनाको सम्पूर्ण काम सकिने क्रममा रहेको आयोजनाले जनाएको छ। आयोजनाको काम ९९ प्रतिशत सकिएता पनि स्ट्रक्चरल बाइन्डिङमा केही फिनिसिङको कामबाहेक फोरबे, टरबाईन, पावरहाउस, इन्टकेलगायत मेकानिकल, सिभिलको काम सकिएको छ।

आयोजनाको कुल एक अर्ब १५ करोडको प्राविधिक इस्टिमेटमध्ये प्रभावित क्षेत्रहरुमा कुल ६ करोड २० लाख बराबरको हिस्सामा सेयर दिनुपर्ने प्रावधान रहेको छ। हाल आयोजनाको विद्युतगुहदेखि भोजपुर नगरपालिकाको ७ र ९ को सिमानामा पर्ने पानीट्याङ्कीसम्म ट्रान्समिटर र ट्रान्सफर्मर राख्ने, पोल गाड्ने, स्विच राख्ने, तार टाग्नेलगायतका काम भइरहेको इन्जिनियर रोशन साहले जानकारी दिए। 

आउँदो एकहप्ताभित्रै चाइनिज प्राविधिक टोलीले टरबाईन टेस्ट गरेपछि चैत महिनाभित्र सम्पूर्ण विद्युत प्रशारण गर्ने आयोजनाले जनाएको छ।आयोजनाको विद्युतीकरण सुरु भएको ३५ वर्षपछि उक्त आयोजना नेपाल विद्युत प्राधिकरणलाई हस्तारन्तरण गर्ने सम्झौता रहेको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.