बीपीको निमित्त उपकुलपतिको जिम्मेवारी खनाललाई
धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको निमित्त उपकुलपतिमा प्रतिष्ठानकै शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाल नियुक्त भएका छन्।
उपप्रधान, स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले डा खनाललाई प्रतिष्ठानको निमित्त उपकुलपतीमा नियुक्त गरेको पत्र पठाएपछि मंगलबारदेखि उनले कार्यभार सम्हालेका हुन्।
सरकारले गत फागुन २६ गते प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पदबाट बर्खास्त गरेको थियो। खनाललाई प्रतिष्ठानको आर्थिक र प्रशासनिक लगातका सबै काम गर्ने अधिकार समेत दिइएको छ।