सार्वजनिक सवारी तथा ट्याक्सी लापरवाही रोक्न अब एसएमएस सेवा
काठमाडौं : यातायात व्यवस्था विभागले सार्वजनिक यातायात तथा मिटर जडित ट्याक्सीको निगरानी बढाउन भन्दै मोबाइलमा फोनमा एसएमएस सेवा दिने भएको छ ।
सार्वजनिक यातायातमा महिला, जेष्ठ नागरिक र अपांगता भएका व्यक्तिको आरक्षण सिटको उचित प्रयोग भए नभएको बारे गुनासो सुन्न एसएमएस सेवा सुरु गर्ने भएको हो । साथै मिटरअनुसार ट्याक्सी संचालन हुने नहुने पनि एसएमएस सेवामार्फत नै गुनासो सुन्ने विभागले जनाएको हो ।
सार्वजनिक सवारीमा आरक्षण सिट दुरुपयोग भए वा ट्याक्सी मिटरबिना नै चल्ने गरेको भए यात्रुले सिधै विभागमा एसएमएस पठाउन सक्ने छन् । यसका लागि विभागले फोन नम्बर ९८५१०२७३२२२ पनि उपलब्ध गराएको छ । यात्रुले आफू ठगिएको महसुश भएपछि फोन वा एसएमएस गरेको २४ घण्टाभित्र उद्वार गर्ने विभागका निर्देशक गोकर्णप्रसाद उपाध्यायले बताएका छन् ।