भाउ घटेपछि अलैंची गोदाममै

भाउ घटेपछि अलैंची गोदाममै

बिर्तामोड : बिक्री गर्न तयार पारिएको अलैंचीमध्ये करिब ५० प्रतिशत व्यापारीको गोदाममै थन्किएको छ। भाउ बढ्ने आशमा अलैंची व्यवसायीले एक वर्षअघि थन्क्याएको अलैंची गोदामै रहेको नेपाल अलैंची व्यवसायी महासंघले जनाएको छ।

एक वर्ष अघिसम्म एक लाख २० हजारमा कारोबार भएको अलैंचीको मूल्य ओरालो लागेपछि विभिन्न जिल्लाबाट खरिद गरेको अलैंची व्यवसायीले गोदाममा राखेका थिए। तर, एक लाख २० हजारबाट क्रमशः घट्दै प्रतिमन २० देखि ३५ हजारको बीचमा पुगेपछि अलैंची गोदाममानै थन्किएको नेपाल अलैंची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराईले जानकारी दिए। भाउ बढेपछि व्यवसायीले ठूलो परिमाणमा अलैंची खरिद गरेका थिए। बिक्री गर्दैगर्दा भाउ घटेपछि गोदाममा थन्क्याइएको थियो। नेपालमा एक सिजनमा पाँच हजार मेट्रिकटन अलैंची उत्पादन हुन्छ। करिब तीन हजार मेट्रिकटन नेपाली व्यापारीकै गोदाममा थन्किएको छ।

अघिल्लो वर्ष करिब आधा अलैंची बिक्रीभएपछि भाउ ओरालो लागेको थियो। ‘महँगोमा व्यवसायीले खरिद गरेको अलैंची सस्तोमा बिक्री गर्ने कुरा भएन, पुन ः भाउ बढ्ने आशामा गोदाम गरेको थियो, अहिलेसम्म भाउ बढेको छैन’, अध्यक्ष भट्टराईले भने, ‘अलैंचीको भाउ उच्च हुँदा व्यवसायीले ऋण काडेर धेरै अलैंची खरिद गर्दा ऋणमा डुबेका छन्।’ अहिले झापाको बिर्तामोडसहित, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटालगायत स्थानमा किसान र व्यापारीले भाउ बढ्ने आशमा अलैंची गोदाम गरेका छन्।

नेपालमा एक सिजनमा पाँच हजार मेट्रिकटन अलैंची उत्पादन हुन्छ। करिब तीन हजार मेट्रिकटन नेपाली व्यापारीकै गोदाममा थन्किएको छ।

भारत र भुटानमा पनि अलैंचीको उत्पादन वृद्धि भएकाले नेपालको अलैंची निर्यातमा समस्या आएको व्यवसायीको तर्क छ। नेपालका पाँच जिल्लामा मात्र व्यावसायिक खेती गरिने अलैंची अहिले २२ जिल्लामा विस्तार भएको छ। किसानले परिणाम मात्र बढाए गुणस्तरीय अलैंची उत्पादन नगर्र्दा पनि अलैंचीको भाउ निरन्तर घट्दो छ। प्रतिमन लाख नाघेको अलैंचीको भाउ हजारमा झर्दासम्म सरकारले यसको बजार खोज्न चासो नदिएको व्यवसायीको आरोप छ। लामो समयदेखि अलैंची गोदाममा राख्दा ढुसीपर्ने र गुणस्तर खस्कन थालेको छ।

भारत सरकारले लागू गरेको वस्तु तथा सेवा कर (जीएसटी) का कारण पनि नेपाली अलैंची निर्यातमा समस्या आएको व्यापारीहरू बताउँछन् । अलैंचीमा मिसावट भएपछि अन्तर्राष्ट्रिय ट्रेडमार्क प्रक्रियासमेत रोकिएको छ । विश्व बजारमा गुणस्तर र उत्पादन दुवै दृष्टिकोणबाट राम्रो मानिने नेपाली अलैंचीको खस्कँदो मूल्यका कारण सबैभन्दा बढी किसान मर्कामा परेका छन् ।

नेपालमा १५ हजार चार सय हेक्टरमा यसको खेती भइरहेको जिल्ला कृषि विकास कार्यालयको तथ्यांक छ। यस क्षेत्रफलबाट बर्सेनि करिब पाँच हजार मेट्रिकटन अलैंची उत्पादन भइरहेको छ। यसबापत वार्षिक करिब ६ अर्बभन्दा बढी रकम मुलुकले आम्दानी गर्दै आएको छ।

नेपाली अलैंची भारतसहित, पाकिस्तान, दुबई र युरोपेली मुलुक निर्यात हुँदै आएको छ । ताप्लेजुङ पाँचथर, इलाम, तेह्रथुम, संखुवासभा, धनकुटा, भोजपुर, गोरखासहित करिब दुई दर्जन जिल्लामा यसको व्यावसायिक खेती भइरहेको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.