नेपालको निर्यात सजिलो भए सबै सामान किन्छौँ : बंगलादेश

नेपालको निर्यात सजिलो भए सबै सामान किन्छौँ : बंगलादेश

बिर्तामोड : नेपालका लागि बंगलादेशकी राजदूत मास्फी बिन्ते साम्सले बंगलादेशका लागि आवश्यक सबै कच्चापदार्थ नेपालमा पाइने भएकाले नेपालले निर्यातमा जोड दिनुपर्ने सुझाव दिएकी छन् ।

नेपाल–बंगलादेश चेम्बर अफ टे«डर्सले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मंगलबार झापा आएकी राजदूत साम्सले नेपालमा उत्पादित कच्चापदार्थको मुख्य बजार नै बंगलादेश भएको दाबी गरिन् ।

‘पछिल्लो पाँच वर्ष नेपालको बंगलादेशसँग हुँदैआएको व्यापार घाटा वर्षेनी बढ्दै गएको छ, बंगलादेशका लागि आवश्यक उत्पादन नेपालमा प्रसस्तै भए पनि निर्यात व्यापार कम छ, यसमा नेपाल सरकारले सोच्नुपर्छ ।’ उनले भनिन् ।

राजदूत साम्सले दुई देशका आवश्यकताको पहिचान गरी निर्यात बढाउन प्रतिस्पर्धी क्षमताको विकास हुनुपर्नेमा जोड दिएकी छन् ।

दाल पनि क्यानडाबाट

नेपालमा उत्पादित दालको माग बंगलादेशमा उच्च भए पनि मंहगो हुने भएकाले क्यानडाको दाल आयात गर्नुपर्ने अवस्था रहेको उनले बताइन् । नेपालको दाल महंगो भएकाले बंगलादेशमा आयात कम हुने गरेको उनको दाबी छ । बंगलादेशले आर्थिक विकासमा नयाँ गति लिएको बताउँदै उनले नेपाल र बंगलादेशले द्विपक्षीय व्यापार विस्तारमा विभिन्न क्षेत्रमा सहकार्य गरेर अघि बढे छोटो समयमै नेपालको अर्थतन्त्र बलियो हुने बताइन् ।

बंगलादेशमा नेपालको उत्पादत भित्र्याउन झन्झटिलो भन्सार प्रक्रिया दुर्भाग्य बनेको उनको भनाइ छ । यसको समाधानमा आवश्यक पहल गर्ने पनि उनले बताइन् ।नेपाल–बंगलादेश व्यापार प्रबद्र्धनका सम्भावना धेरै भए पनि सदुपयोग गर्न नेपाल चुकिरहेको कार्यक्रममा सहभागी व्यवसायीको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.