होलीको रंगका लागि पनि भारतकै भर

होलीको रंगका लागि  पनि भारतकै भर

बिर्तामोड : होलीका लागि आवश्यक रंगदेखि होलीको सामान किन्न पनि भारतकै भर पर्नु परेको छ।होलीको अवसरमा  सामान खरिद गर्न भारतीय सीमावर्ती बजार पानीट्यांकीमा नेपालीको बढी भीड लाग्ने गर्छ।

होली आउनुपूर्व भारतीय प्रहरीलाई बजारभित्र यातायात आवतजावत मिलाउन पनि हम्मेहम्मे पर्छ। नेपाली बजारमा भन्दा नजिकै सीमानामा रहेको पानीट्यांकी बजारमा सस्तो मुल्यमा सामान पाइने हुँदा सबै नेपालीको ध्यान त्यहाँको बजारले तानेको हो।

रंग, लोला, बेलुन र पिचकरी मात्र नभई तेल, रसवरी र पापड किन्नेको पनि उतिकै भीड बढेको पानीट्यांकी बजारका व्यापारी सकल कुमार यादव बताउँछन्।'हाम्रो बजार चलेको नै नेपालीले हो, होली, दशैं, तिहार, छट सबै पर्वमा सामान किन्न नेपालीनै आउँछन्,' व्यापारी यादवले भने। होली पर्व नेपालमा दुई दिन मनाउने भएकाले होली आउने एक सात अघि देखिनै सामान खरिद गर्न पानीट्यांकी बजारमा नेपालीको भीड बढ्ने गरेको उनको भनाई छ ।

यो बजारमा सर्वसाधारण मात्र नभई ठूला व्यापारी पनि नेपालमा बिक्रीका लागि आवश्यक रंग, पिचकरी, होली अंकित टी सर्ट, कुर्थालगायतका किन्न पानीट्यांकी बजार पुग्ने गरेका छन्। होली आउनु पुर्व दैनिक लाखौको सामान यो बजारबाट काँकडभिट्टा नाका हुँदै नेपाल भित्रने गरेको मेची भन्सार कार्यालयका प्रमुख टेकबहादुर अर्याले बताए।'
 
विभिन्न धार्मिक पर्व, घर मन्दिरमा नित्य पूजा गर्दा दैनिक प्रयोगमा आउने सामान र होलीमा प्रयोग हुने अबिरलगायत रंगको उत्पादन स्वदेशमा नहुँदा वार्षिक करोडौं रुपैयाँ विदेशिने गरेको प्रमुख अर्यालले बताए।
 
'नेपालमा होलीमा प्रयोग हुने होलीका सामग्रीहरु बन्दैनन्।हामी होलीको सामान भारतबाट खरिद गर्छौ, बिर्तामोड शनिश्चरे रोडका व्यापारी अजय रायले भने,'अबिरलगायत विभिन्न रंगहरु, पिचकारी, बेलुन सबै भारतबाट आयात हुँदै आएका छन्।' तर पछिल्लो केही वर्ष यता भने होलीमा प्रयोग हुने पिचकारी, बेलुन, फोमलगायत विभिन्न रंगहरु चीनबाट नेपाली बजारमा भित्रिने गरेको व्यापारी रायले बताए।

अहिले भारतीय पिचकारी, बेलुनको तुलनामा चाइनिज सामान आकर्षक र टिकाउ हुने भएकाले उपभोक्ता चाइनिज होलिका सामानतिर आकर्षित भएका छन्।बजारमा भारतीय तथा चाइनिज पिचकारीको मूल्य २० रुपैयाँदेखि १ हजारसम्मका छन्। व्यापारीहरुले दिल्ली, सिलगडी र पानीट्यांकीबाट अबिरलगायतका सामग्री ल्याएर बिक्री वितरण गर्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.