रोल्पामा उच्च सुरक्षा, विप्लवको ईलाकामा सेनाको शिविर

रोल्पामा उच्च सुरक्षा, विप्लवको ईलाकामा सेनाको शिविर

रोल्पा : गृह प्रशासनले रोल्पामा उच्च सुरक्षा व्यवस्था कडा पारेको छ। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएयता यहाँको सुरक्षा कडा पारिएको हो। पूर्वी रोल्पाको सुलिचौरस्थित नेपाल टेलिकम र गजुलको एनसेल टावरमा आगजनी गरेपछि विप्लवका नेता कार्यकर्तामाथि प्रहरीले कडा निगरानी थालेको थियो। लगत्तै गंगादेव गाउँपालिकाका अध्यक्ष वीरबहादुर खत्रीले भाडामा लिएको गाडी जलाएपछि सुरक्षा व्यवस्था अझै चुस्त पारिएको थियो।

नेकपाले निशाना बनाउन सक्ने भन्दै सरकारी गाडी प्रहरी चौकीमा राख्न लगाइएको हो। प्रहरीले सुरक्षाको भरपर्दो व्यवस्था गरेर मात्र सरकारी गाडी चलाउन भनेको छ। कतिपय गाउँपालिकाका गाडी र मोटरसाइकल नजिकका प्रहरी चौकीमा राखिएका छन्।

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेका रोल्पाली फेरि युद्ध हुने हो कि भन्ने भयमा छन्। पुरानो द्वन्द्वबाट रोल्पाली अभैm तंग्रिन नसकेको पूर्वसांसद लेखनाथ आचार्य बताउँछन्। ‘नेकपालाई प्रतिवन्ध लगाएपछि देश युद्धतिर धकेलिन लागेको हो कि भन्ने महसुस भएको छ’, उनी भन्छन्, ‘युद्ध हुनु हुँदैन। संवाद र वार्ताबाट समाधान निकाल्नुपर्छ। कति हत्या हिंसाको राजनीति गर्ने ? ’

सशस्त्र द्वन्द्वमा यहाँ ९ सय ६९ जनाले ज्यान गुमाएका थिए। ३३ जना अभैm बेपत्ता छन्। अंगभंग भएका, टुहुरा र घाइतेको बिचल्ली छ। उपचार नपाएर छटपटिइरहेका पीडित समेत थप त्रासमा छन्। घरमा आगजनी र तोडफोड भएका करिब ४ सयले अझै राहत पाएका छैनन्। ‘पीडितले न्याय र क्षतिपूर्तिसमेत पाएका छैनन्। अझ अर्को युद्ध हुने त्रास बढेको छ’, मानवअधिकारकर्मी घनश्याम आचार्य भन्छन्, ‘वार्ता र सहमतिबाट राजनीतिक निकास खोज्नुपर्छ।’

सशस्त्र द्वन्द्वमा सबैभन्दा बढी मानवीय र भौतिक क्षति बेहोरेका रोल्पाली फेरि युद्ध हुने हो कि भन्ने भयमा छन्।

विप्लवको घर जिल्लाको इरिबाङ हो। सशस्त्र द्वन्द्व यहींबाट भएको र विप्लवको जिल्ला भएकाले पनि गृह प्रशासनले रोल्पालाई सुरक्षा संवेदनशील जिल्ला मानेको छ। उच्च सुरक्षा स्रोतका अनुसार यहाँ प्रहरीको संख्या थपिएको छ। विप्लव नेतृत्वको नेकपाको प्रभाव क्षेत्र मानिने गाउँपालिकामा थप सुरक्षाकर्मी परिचालित छन्। नेता पक्राउ गर्ने, हतियारसहित भेटिए गोली हान्नेसम्मको सर्कुलर छ। अनुसन्धान, जनपद र सशस्त्र प्रहरी परिचालित छन्।

नेकपाले शान्तिपूर्ण अभियानमा रहँदा सरकारले दमनको नीति लिएको आरोप लगाएको छ। उसले नेकपानिकट नेता, कार्यकर्ता र सर्वसाधारणको घरघरमा तलासी गर्ने र धरपकड गरेको भन्दै आपत्ति जनाउँदै आएको छ। स्थानीय एक सामुदायिक एफएमसँगको अन्तर्वार्तामा जिल्ला सेक्रेटरी सन्तोष सुवेदी ‘प्रयास’ले प्रतिबन्ध लगाए पनि आफूहरू जनतामाझ खुलेआम हिँडिरहेको दाबी गरे। सुरक्षा कडा पारेपछि नेकपाका नेता अर्धभूमिगत छन्। नेकपा जिल्ला तहका ३ नेतालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

हतियार बुझाउन अनुरोधजिल्ला प्रशासन कार्यालय जुम्लाले अवैध हातहतियार ३५ दिनभित्र बुझाउन अनुरोध गरेको छ। तोकिएको मितिभित्र अवैध हातहतियार र खरखजना बुझाउनेलाई कारवाही नहुने जनाएको छ। अवैध हातहतियार र खरखजना बुझाउनेसम्बन्धी सार्वजनिक सूचना जारी गरेको हो। सरकारले ‘विप्लव’ नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाएपछि हतियार बुझाउन आग्रह गरिएको हो। प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले हतियार नबुझाए प्रचलित कानुनबमोजिम कडा कारवाही हुने बताइन्। हतियार तथा खरखजाना नजिकको प्रहरी चौकी, जिल्ला प्रहरी कार्यालय वा सेनाको ब्यारेकमा बुझाउन सकिनेछ।

विप्लवको ईलाकामा सेनाको शिविर
‘विप्लव’ नेतृत्वको नेकपाको आधार इलाका मानिएको क्षेत्रमा सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको छ। नेकपाका पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा, पार्टी पोलिट ब्युरो सदस्य एटम बीसीको इलाका मानिने नरहरिनाथ गाउँपालिकाको कुमालगाउँमा सेनाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

विप्लव कार्यकर्ता खोज्न गाउँ पसेको सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीय उपचारमा सहभागी भएका छन्। नेकपाका पार्टी प्रवक्ता विश्वकर्माको जन्मथलो तथा पार्टीको हेडक्वार्टरसमेत रहेको माल्कोटमा नेकपाले युवालाई तालिम दिन थालेको सूचना पाएपछि सेना, प्रहरी र सशस्त्रको संयुक्त गस्तीसहित कुमालगाँउमा सेनाले स्वास्थ्य शिविर चलाएको छ। सेनाको रणसुर गुल्म कालिकोटका प्रमुख मेजर अमृत थापा मगर नेतृत्वको संयुक्त टोलीले गाउँ/गाउँमा नेकपाको अवस्था बुझिरहेको छ।

शिविरमा सेनाले २ सयको स्वास्थ्य जाँच गरेको छ। सेनाका विशेषज्ञ डाक्टरको सहभागितामा सञ्चालित शिविरमा श्वासप्रश्वास समस्याग्रस्त १ सय ५ बर्से बिरामी कालु दर्जीले उपचार गराएका छन्। आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित स्थानीय सेनाले घरदैलोमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि खुसी भएका छन्।

विप्लवका नेता अर्धभूमिगत

जिल्लाका विप्लव समूहका नेता कार्यकर्ता अर्धभूमिगत भएका छन्। मंगलबारसम्म टेलिफोन सम्पर्कमा रहेका स्थानीय नेता तथा कार्यकर्ता मोबाइलसमेत स्विच अफ गरी अर्धभूमिगत भएका छन्। कालिकोटमा पार्टीको विशेष अभियान कमान्ड गरिरहेका पूर्वराज्यमन्त्री नवीन विक, जिल्ला सेक्रेटरी मनीलाल ऐडी, दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष सरोज विक, युवा संगठनका कर्णाली ब्युरो इन्चार्ज शीतल बिष्टलगायत नेता तथा कार्यकर्ता सम्पर्कविहीन भएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.