१० तस्बिरमा हेर्नुहोस् बिर्तामोडको होली

१० तस्बिरमा हेर्नुहोस् बिर्तामोडको होली

बिर्तामोड : फागु अर्थात् होली पर्व झापाको बिर्तामोडमा पनि हर्षोल्लासका साथ मनाइएको छ। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व बिहीबार तराईका जिल्लासहित झापामा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइएको हो।

झापामा बिहानैदेखि विभिन्न संघ संस्थाले होली विशेष कार्यक्रम गरी मनाए। बिर्तामोडको मुख्य केन्द्र मुक्ति चोकमा समेत युवायुवतीको ठूलो संख्याको उपस्थितिमा होली पर्व मनाइएको छ।

चारैतर्फ सडक छुटिएको मुख्य केन्द्र मुक्तिचोक रहेको र चोक छेउको सानो स्थानमा सांगीतिक कार्यक्रमसहित सामुहिक होलीको आयोजना गरेपछि प्रहरीलाई सडकमा ट्राफिक व्यवस्थापनमा र पैदल यात्रुलाई बाटो कटाउन दिनभर हैरानी भएको छ।

यस अघिका वर्षमा सरकारले झापालाई पनि पहाडी क्षेत्रसँग जोड्दै अघिल्लै दिन सार्वजनिक बिदा दिए पनि यो वर्ष भने अन्तिममा आएर तराईका जिल्ला सँगै बिदा दिएको थियो। होली पर्वको आफ्नै धार्मिक, साँस्कृतिक र सामाजिक महत्व रहेको छ। दैत्यराज हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लादलाई मार्ने उद्देश्यले आगोले छुन नसक्ने वरदान पाएकी बहिनी होलिकालाई छोरासहित आगोमा पस्न लगाउँदा होलिका भष्म भएकी तर प्रह्लाद बच्न सफल भएको खुशियालीमा होली मनाउने गरीएको शास्त्रहरुमा उल्लोख गरिएको छ।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.