‘फाइनल जित्ने आर्शीवाद दिनुहोस्’

‘फाइनल जित्ने आर्शीवाद दिनुहोस्’

विराटनगर : महिला साफ च्याम्पियनसिपको फाइनलका लागि अन्तिम तयारीमा जुुटेको नेपाली टिम बिहीबार आर्शीवाद लिन वृद्धाश्रम पुगेको छ। विराटनगरको विराटेश्वर वृद्धाश्रम पुगेर खेलाडीले वृद्धवृद्धासँग आर्शीवाद मागेका हुन्। 

अखिल नेपाल फुटबल संघ (एन्फा)का अधिकारी, मुख्यप्रशिक्षक हरि खड्कासहित वृद्धाश्रम पुुगेका खेलाडीले जुस र फलफूल वितरण गरे। होली पर्वसँगै मनाएका खेलाडीले वृद्धाहरुको हातमा अविर ग्रहण पनि गरेका छन्। कप्तान निरु थापाले शुक्रबार जित्ने हिम्मत रहेको सुनाइन्। 

सावित्रा भण्डारीले वृद्धासँग टीका लगाउँदै भनिन्, ‘आमा हामीलाई भोलि भारतलाई जित्ने गरी आर्शीवाद दिनुहोस्।’ त्यस्तै अनिता बस्नतेले वृद्धासँगको एक छिनको बसाईले घरको वातावरण महसुस गरेको बताइन्। 

पाँचौ साफमा श्रीलंका विरुद्ध गोल गर्दै पहिलो अन्तर्राष्ट्रिय गोलको रेकर्ड बनाएकी रेखा पौडेलले फाइनलको तयारीमा जुट्ने दबाब रहे पनि वृद्धाश्रम आइपुग्दा तनावमुक्त भएको प्रतिक्रिया दिइन्। 

एन्फाका उपाध्यक्ष पंकज नेम्वाङले वृद्धाश्रमका लागि  नेपाली महिला फुटबल टिमको नाममा व्यक्तिगत रुपमै ५१ हजार रुपैयाँ सहयोग गर्ने वचन दिए। 

वृद्धाश्रमका संचालक जगतबहादुर अर्यालले सम्पूर्ण बुवाआमाको तर्फबाट नेपाली टिमलाई सफलताको शुभकामना दिँदै इतिहास रच्ने कुरामा ढुक्क हुन आग्रह गरे।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.