जीप पल्टिँदा चालकसहित चार घाइते

जीप पल्टिँदा चालकसहित चार घाइते

भोजपुर : सदरमुकाम नजिकै बिहीबार जीप पल्टिँदा चालकसहित अन्य चारजना यात्रु घाइते भएका छन्। भोजपुर नगरपालिका- ९ काफ्लेस्थित दिङलाबाट भोजपुर सदरमुकाम आउँदै गरेको को १ ज २२६७ नम्बरको बोलेरो जीप अनियन्त्रित भई दुर्घटना हुँदा चार घाइते भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा जीप चालक खोटाङ केपिलासगढी गाउँपालिकाका २५ वर्षीय निरकुमार राई, जीपमा सवार षडानन्द नगरपालिका, १० साङपाङका ३६ वर्षीया सरिता तामाङ्ग, सोही ठाउँका २७ वर्षीया रञ्जिता तामाङ्ग, ७ वर्षीय निङमा तामाङ र भोजपुर नगरपालिका-४ सिद्धेश्वरका २४ वर्षीय गणेश खडका घाइते भएको प्रहरीले जनाएको छ।उनीहरुको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.