मकवानपुरको विजयी सुरुवात

मकवानपुरको विजयी सुरुवात

हेटौंडा : सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मकवानपुर-११ विजयी भएको छ।

हेटौंडा-१० स्थित वन विज्ञान मैदानमा भएको खेलमा मच्छिन्द्र क्लबलाई २-१ गोलले पराजित गर्दै मकवानपुरले विजयी सुरुवात गरेको हो।

मच्छिन्द्रले सुरुवाती अग्रता लिए पनि पराजय बेहोर्न बाध्य भयो। मच्छिन्द्रले खेलको १६औं मिनेटमा डम्बिया महोम्वतको गोलमा १-० को अग्रता लिएको थियो। 

खेलको ३०औं मिनेटमा मकवानपुरका अफ्रिकी खेलाडी काजिमले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याएका थिए।

खेलको ६३औं मिनेटमा काजिमले नै गोल गर्दै घरेलु टोलीलाई जित दिलाए। खेलको म्यान अफ दी म्याच दुई गोल गरेका काजिम भए। शुक्रबार हिमालय शेर्पा र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा दश टोलीको सहभागिता रहेको छ। प्रतियोगिताका विजेताले आठ लाख र उपविजेता टोलीले चारलाख रुपैयाँ प्राप्त गर्ने छन्। सर्वोत्कृष्ट खेलाडीले ७५ हजार र विधागत रुपमा उत्कृष्ट हुने खेलाडी तथा प्रशिक्षकले जनही २०÷२० हजार रुपैयाँको प्राप्त गर्ने छन्।

प्रतियोगिताको उद्घाटन गर्दै प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले दुई वर्षभित्र प्रत्येक गाउँपालिकामा मध्यमस्तरको खेल मैदान निर्माण गरिने बताए। हालसम्म ३८ वटा गाउँपालिकामा रंगशाला निर्माण भइसकेको पौडेलले जानकारी दिए।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.