धनगढीदेखि साँफेबगरसम्म हवाई सेवा सुरु

धनगढीदेखि साँफेबगरसम्म हवाई सेवा सुरु

अछाम : समिट एयरले पहिलो पटक धनगढीदेखि साँफेबगर उडान भर्न सुरु गरेको छ।साँफेबगर बिमानस्थल कालोपत्रे भएपछि पहिलो पटक समिट एयरले जेठ ११ गते उडान परीक्षण गरेको थियो। 

समिट एयरले शुक्रबारबाट साँफेबगर धनगढीका लागि नियमित उडान भर्न सुरु गरेको हो। नियमति उडान भएसँगै यस क्षेत्रका जनतालाई आवत-जावत गर्न सहज हुने भएको छ। पहिलो चरणमा हप्ताको एक दिन शुक्रबार नियमित उडान गर्ने समिट एयरले जनाएको छ। यात्रुको चाँप हेरेर आगामी दिनमा हप्तामा ४ दिनसम्म उडान भर्न सकिने समिट एयरका दिपक दुवालले जानकारी दिए।

धनगढीदेखि साँफेबगरसम्मका लागि ३३ सय ५० रुपैयाँ भाडादर कायम गरिएको छ। यसअघि नेपाल एयरलाइन्सले हप्तामा दुई दिन आइतबार र बिहीबार उडान गर्दै आइरहेको छ।सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीसम्म हवाई सेवा जोडन् सेवा सूचारु गरिएको हो।

धनगढी साँफेबगर हवाई यात्राको दूरी १७ मिनेटको रहेको छ।बसबाट भने करिब १४ घण्टा लाग्छ।स्थानीय कृष्ण कुँवरले भने, 'अब कष्टपूर्ण यात्राबाट छुटकारा मिलेको छ १४/१५ घण्टाको बसको कष्टपूर्ण यात्रा अब सहजतामा परिणत भएको छ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.