बलिउड अभिनेत्री-नेपाली युवा विवाह तयारी : बावु भन्छन्, ‘बकवास कुरा’
नयाँदिल्ली : नेपाली युवक रोहन श्रेष्ठसँग बलिउड अभिनेत्री श्रद्धा कपुर रिलेशनमा रहेको खबर अब पुरानो हुन लागिसक्यो । तर पछिल्लो साता उनीहरु विवाहको तयारीमा रहेको खबर आउन थालेको छ ।
उता श्रद्धाका बावु बलिउड अभिनेता शक्ति कपुरले छोरी श्रद्धाको विवाहको कुरालाई लिएर सरासर इन्कार गरेका छन् । भारतीय एक मिडियालाई दिएको अन्तरवार्तामा शक्ति कपुरले छोरी श्रद्धा विवाहको तयारीमा रहेको कुरा ‘बकवास’ भएको टिप्पणी गरेका छन् ।
शक्तिले छोरी श्रद्धा परिवारको सहमति विना कुनै निर्णय नगर्ने भन्दै उनी आफ्नो काममा केन्द्रित रहेको बताएका हुन् । फोटोग्राफीमा सक्रिय नेपाली युवक रोहनसँग श्रद्धाको सम्बन्धबारे यसअघि नै मिडियाहरुले समाचार बनाइसकेका छन् । अब उनीहरु विवाहको तयारीमा रहेको समाचार आइरहँदा शक्तिले यसबारे खुलेरै इन्कार गरेका हुन् ।
त्यसो त, यसअघि फराह अख्तरसँग डेटिङ गरेकी श्रद्धा परिवारकै कारण सम्बन्ध टुटाएको कुरा दैनिक भास्करले उल्लेख गरेको छ ।
यसपटक भने शक्तिले श्रद्धाले अझै ४÷५ वर्षसम्म विवाह नगर्ने ठोकुवा गरेका छन् । उनको विवाह हुन लागेको कुरामा सत्यता नभएको उनले बताएका छन् । श्रद्धा पछिल्लो समय तीनवटा फिल्ममा व्यस्त छिन् । तिनै फिल्मका कारण उनी अहिले विवाह गर्ने तयारीमा नरहेको शक्तिको भनाइ उद्धृत गर्दै दैनिक भास्करले उल्लेख गरेको छ ।