पब्जीले बनाउँछ आक्रामक

पब्जीले बनाउँछ आक्रामक

काठमाडौं : विश्वमा हरेक घण्टा दर्जनभन्दा बढी नयाँ आविष्कार हुन्छन्। इन्टरनेट र प्रविधिको विकासले यसलाई झन् बढाएको छ। विश्वको कुल जनसंख्याको ५१.२ प्रतिशत इन्टरनेटमा जोडिँदा हामी पनि त्यही अनुपातमा इन्टरनेट प्रयोग गर्ने देशमा पर्छौं।

पछिल्लो तथ्यांक हेर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ता एक करोड ६५ लाखभन्दा बढी पुगेका छन्। यो कुल जनसंख्याको ५६.४१ प्रतिशत हो। आज नेपालको कुल जनसंख्याभन्दा बढी मोबाइलको सिम प्रयोग भइरहेको छ। अहिले नेपालमा कुल जनसंख्याको १३५.५५ प्रतिशत मानिसमा मोबाइल सेवा पुगिसकेको छ।

विश्व आर्थिक मञ्चबाट सन् २०१७ मा मान्छेले किन इन्टरनेट प्रयोग गर्छन् भन्ने अध्ययन गरिएको थियो। उक्त अध्ययनमा नयाँ सोच र खोज गर्न इन्टरनेट प्रयोग गर्ने गरेको उल्लेख छ।

त्यस्तै आफूलाई रिफ्रेस बनाउन, बाह्य दुनियाँबारे जानकारी लिन र समय कटाउन पनि इन्टरनेट प्रयोग गर्ने संख्या ठूलो भएको उल्लेख गरिएको थियो। त्यही नयाँ सोच र खोज गर्ने क्रममा आफूलाई रिफ्रेस बनाउने र समय कटाउने क्रममा ‘पबजी’ भित्रिएको हो। ‘पबजी’को आविष्कार इन्टरनेटकै उपज हो।

तर, त्यही पबजी आज बालबालिका तथा किशोरहरूका लागि लत बनेको छ। ‘प्लेयर अननोन ब्याटलग्राउन्ड’ अर्थात् छोटकरीमा पब्जी भनिने यो खेल अहिले संसारमा धेरै खेलिने अनलाइन खेलमध्ये एक ‘भर्चुअल’ हो। यसको क्रेज अहिले नेपालमा मात्र होइन, संसारभरि छ।

रिलिज भएको एक वर्षमै पब्जी एकदमै लोकप्रिय भयो। अहिले यो करोडौं मोबाइल प्रयोगकर्ताको प्रिय खेल बनिसकेको छ। यसको पहिलो संस्करण विन्डोजमा प्रकाशित भएको थियो। विन्डोजमा सफल हुन नसकेको गेम जब मोबाइल भर्सन त्यसमा पनि एन्ड्रोइड र आईओएस दुवै भर्सनमा सार्वजनिक भयो, त्योसँगै यसले सफलता चुम्यो।

यो गेममा ‘ब्याटलग्राउन्ड’ अर्थात् रणभूमिमा सबैलाई परास्त पार्दै अन्तिमसम्म टिक्ने प्रतियोगी विजेता हुन्छ। ‘काउन्टर स्ट्राइक’ र ‘ओभरवाच’ जस्ता गेमलाई पछि पार्दै पब्जी अहिले सबैभन्दा धेरै राजस्व संकलन गर्ने गेम बनेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार जो बालबालिका मारकाटसँग सम्बन्धित खेल खेल्छन्, उनीहरूको विचार, सोचाइ र इमोसन पनि आक्रामक हुने गरेको छ।

तर, इन्टरनेटसँग जोडिएर अनलाइन खेलिने यो खेलले खेल्नेहरूको मस्तिष्कमा नकारात्मक प्रभाव परिरहेको अध्ययनले देखाएको छ। समूहमा खेलिने यो खेलको लतका कारण धेरैलाई मानसिक समस्या देखिन थालेको विश्व स्वास्थ्य संगठनले समेत जनाएको छ। पबजीको लतमा परेकाहरूले आफ्नो दैनिकी बिर्सिन थालेका छन्। खान खान बिर्सिने, स्कुलमा दिएको गृहकार्य बिर्सिएर एकोहोरो त्यही गेम खेलेर समय बिताउने गरेको छन्। त्यथ्यांकअनुसार यसको लत लागेको मान्छेले थोरैमा पनि पाँच घण्टा यसमा बिताउने गरेको पाइएको छ।

यो गेम ब्याटल अर्थात् रणभूमि र त्यसमा हुने लडाइँसँग सम्बन्धित भएकाले पनि यसको नकारात्मक असर खेल्नेलाई परिरहेको जनाइएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार जो बालबालिका मारकाटसँग सम्बन्धित खेल खेल्छन्, उनीहरूको विचार, सोचाइ र इमोसन पनि आक्रामक हुने गरेको छ। साथै अरूलाई सहयोग गर्ने भावनामा पनि कमी आउने उल्लेख छ।

पबजी बालबालिकाको मानसिक स्वास्थ्यमा विकार पैदा गर्ने खेलका रूपमा विकास भएको विश्व स्वास्थ्य संगठनको भनाइ छ। त्यसैले छिमेकी देश चीनमा यो गेमलाई पूर्ण रूपमा प्रतिबन्ध नै लगाइएको छ। त्यस्तै अर्को छिमेकी देश भारतका केही सहरमा पनि यो गेममा प्रतिबन्ध लगाइएको छ।

भारत, मुम्बईका एक ११ वर्षीय बालकले मुम्बई उच्च अदालतमा पबजी खेलमा प्रतिबन्ध लगाउन मुद्दा नै दर्ता गरेका थिए। आफ्नी आमामार्फत रिट दायर गर्दै ११ वर्षीय अहद निजामले भनेका थिए, ‘पबजी गेमले हिंसा, आक्रोश तथा साइबर बुलिङलाई बढावा दिएकाले यसलाई रोक्नुपर्छ।’

रिट दायरकर्ताका वकिल तनविर निजामका अनुसार रिटमा हिंसामुखी अनलाइन सामग्री समयसमयमा अनुसन्धान गरिनुपर्ने र अनलाइन आचारसंहिता समीक्षा समिति गठन गर्न केन्द्रलाई निर्देशन दिइनुपर्ने माग गरिएको छ।

बालक अहदले केन्द्रीय सूचनामन्त्री रविशंकर प्रसाद, महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणविस तथा महाराष्ट्र सरकारका शिक्षामन्त्री विनोद तावडेलाई पनि पत्र लेख्दै पबजी खेलमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका छन्।

अहदले चालेको कदमलाई अदालतका साथै भारतको सूचना मन्त्रालयले पनि राम्रो पक्षका रूपमा लिएको उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.