एसईईमा सहभागी शान्ता चौधरी भन्छिन्- पीएचडी गर्ने धोको छ

एसईईमा सहभागी शान्ता चौधरी भन्छिन्- पीएचडी गर्ने धोको छ

दाङ : प्रतिनिधिसभा सदस्य तथा नेकपाका सचेतक शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई)को परीक्षा दिइरहेकी छन्। १८ वर्ष कमलहरी बसेर पढ्न नपाएकी चौधरीले सांसद भइसकेपछि स्कुल पढन सुरु गरेकी हुन्। शान्ताले आइतबार देखि सुरु भएको एसईईको परीक्षा तुलसीपुर उपमहानगरपालिका-६मा रहेको माध्यमिक विद्यालय तुलसीपुर परीक्षा केन्द्रबाट परीक्षा दिन थालेकी छन्। 

नेपाल कम्युनिस्ट पार्टीको सचेतक चौधरीले खुल्ला शिक्षा अन्तर्गत माध्यमिक शिक्षा परीक्षामा सहभागी भएकी हुन्। उनी दाङको तुलसीपुर उपमहानगरपालिका-१२मा रहेको महेन्द्र माध्यामिक विद्यालयको खुल्ला शिक्षा अन्तरगतको विद्यार्थी हुन्। 

उनकी छोरीले पनि यसै वर्ष एसईईको परीक्षा दिइरहेकी छन्। सांसद शान्ता र उनकी १७ वर्षीया छोरी विनु चौधरीले एकै साथ एसईई परीक्षा दिन सुरु गरेका हुन्। विनु काठमाडौंको आरुवारीस्थित सृजना बाल बोर्डिङबाट परीक्षा दिँदै छिन्। उनका छोरा अनिल चौधरी भने जेभियर्समा कक्षा १२ मा पढ्दैछन्।

सांसद चौधरीले बाल्यकालको सपना पूरा गर्न पढन सुरु गरेको भन्दै यो परीक्षासम्म आउँदा सपना साकार भएको महसुस गरेको बताइन्।'मेरो जीवनमा पढाइको अभाव निकै खड्कियो थियो, उनले भनिन,' त्यो पूरा गर्न पनि पढ्नै पर्ने भएर विद्यालय शिक्षा सुरु गरेकी हुँ। सकेपछि पीएचडीसम्मको अध्ययन गर्ने धोको छ।'

'पढ्न, लेख्न र सिक्न उमेरले छेक्दैन,' शान्ताले भनिन्, मैले पनि त्यहि गरेको हो।नतिजा कस्तो आउँछ त्यो अनुरुपले मेरो यात्रा अगाडि बढ्छ, शान्ताले थपिन, 'मेरो लक्ष्य त पीएचडी गर्ने नै छ।'

घोराही उपमहानगरपालिका- ४ लक्ष्मीपुर निवासी ३८ वर्षीया चौधरीले गाउँकै मावि गोग्लीमा कक्षा ८ मा २ वर्ष अघि भर्ना भएर अध्ययन थालेकी थिइन्। नियमित विद्यालय जाने समय नभएपछि उनले खुला विद्यालयमा भर्ना भएर एसईई परीक्षा दिन लागेको बताइन्।

दाङमा १ सय ८३ विद्यालयमा ११ हजार ४ सय ६४ जना विद्यार्थी यस वर्षको एसईईमा सहभागी भएका छन्। जिल्लामा छात्रभन्दा छात्रा बढी रहेको शिक्षा विकास इकाई दाङले जनाएको छ। 

यसैबीच दाङमा एक जना सुत्केरी महिलाले पनि परीक्षा दिइरहेकी छन्। तुलसीपुर उपमहानगरपालिका-६ गाइडहर निवासी सुशिला भण्डारी १५ दिने छोरा काखमा राखेर परीक्षा दिइरहेकी छन्।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.