सेती नदीमा फूल तार्ने र पूजा गर्ने भक्तजनको भिड
पोखरा : हरिबोधिनी एकादशीको अवसरमा मंगलबार पोखराको सेती नदी किनारमा फूल तार्ने र पूजा गर्नेको भिड लागेको छ । पोखराको रामघाट लगायत सेती नदीमा हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुको भक्तले तुलसीको व्रत गरी विशेष पूजा गर्दै आएकामा मंगलबार दामोदरसँग विहाव गरी यो पर्व मनाउने क्रममा सेती नदीमा फूल तारेका हुन् ।
भक्तजनले डोलीमा फूल लिएर भजन कृतन गर्दै रामघाट स्थित सेती नदीमा पुगेका थिए । भक्तजनले सेती नदीमा फूल तार्ने, पूजा गर्ने गरेको थिए । भजन गाएर नदी किनारमा नाचेर रमाएका थिए ।

प्रतिक्रिया दिनुहोस !