बाँकेमा ८ हजार १ सय ७५एसईई परीक्षार्थी, ५ कैदी र ४ दृष्टिविहीन पनि सहभागी
नेपालगन्ज : बाँके जिल्लामा ५ जना कैदीले माध्यमिक शिक्षा परीक्षा (एसईई) परीक्षा दिइरहेका छन्।शिक्षा विकास तथा समन्वय इकाइ बाँकेका प्रमुख गोर्खबहादुर थापाका अनुसार ४ जना जिल्ला कारागारबाट र १जना बाल सुधार गृहबाट परीक्षा दिइरहेका हुन्। त्यस्तै ४ जना दृष्टिविहीनले पनि परीक्षा दिइरहेका छन्।
३३ वटा परीक्षा केन्द्र रहेको बाँकेमा ८ हजार १ सय ७५ परीक्षार्थीले परीक्षा दिइरहेका छन्।जिल्लाभरी ५ जना महिला मात्रै केन्द्राध्यक्ष छन्।
प्रतिक्रिया दिनुहोस !
७