एसईई : ब्रेललिपी प्रश्नपत्र नहुँदा दृष्टिविहीनलाई समस्या

एसईई : ब्रेललिपी प्रश्नपत्र नहुँदा दृष्टिविहीनलाई समस्या

धरान : ब्रेललिपीबाट एसईई प्रश्नपत्र निर्धारण नगरेका कारण दृष्टिविहीन विद्यार्थीलाई परीक्षा दिन समस्या भएको छ। परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीनमैत्री प्रश्नपत्र निर्धारण नगर्दा दृष्टिविहीन विद्यार्थी सहयोगीका भरमा परीक्षा दिन बाध्य छन्। 

दृष्टिविहीन विद्यार्थीले वर्षेनी ब्रेललिपीबाट प्रश्नपत्रको व्यवस्था गर्न माग गरेपनि समस्या समाधान नगरेको दृष्टिविहीन विद्यार्थीले गुनासो गरेका छन्। परीक्षा नियन्त्रण कार्यालयले दृष्टिविहीनमैत्री प्रश्नपत्रको व्यवस्था नगरेका कारण सुनसरीको धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका दृष्टिविहीन विद्यार्थीले आँखा देख्ने विद्यार्थीसरह नै परीक्षा दिनु परेको गुनासो पोखे।

आइतबारदेखि सुरु भएको एसईई परीक्षामा ज्ञानचक्षु विद्यालयका समिर लिम्बू, दिलकुमारी विक, हिना चौधरी र मणिकुमार तामाङले स्थानीय सहिद स्मृति माध्यामिक विद्यालय परीक्षा केन्द्रबाट अंग्रेजी विषयको परीक्षा दिए। चारैजना दृष्टिविहीन विद्यार्थीले सहयोगीमार्फत परीक्षा दिएका हुन्।

उनीहरुको परीक्षामा शिक्षा निकेतन माध्यामिक विद्यालयमा ९ कक्षामा अध्ययनरत युकेश पौडेल, प्रसिधिका अधिकारी, समिक्षा आचार्य र निर्मल भट्टराईले सहयोगीकारुपमा परीक्षा दिँदैछन्।शिक्षा विकास तथा समन्वय इकाइ सुनसरीका प्रमुख बाबुराम पोखरेलले दृष्टिविहीनका लागि छुट्टै प्रश्न पत्र नबनाएका कारण सहयोगीमार्फत परीक्षा दिने व्यवस्था गरिएको बताए।

सरकारले दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपीबाट प्रश्नपत्र निर्धारण नगरेका कारण परीक्षा दिन समस्या भएको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयकी छात्रा हिना चौधरीले बताइन्। उनले ब्रेललिपीबाट प्रश्नपत्रको व्यवस्था हुनुपर्ने माग गरिन्।

ब्रेललिपीबाट अध्ययन गरेका दृष्टिविहीनलाई अरुको भरमा परीक्षा दिनुपर्दा धेरै समस्या हुने भएकाले दृष्टिविहीनमैत्री प्रश्नपत्रको व्यवस्था गर्नुपर्ने पूर्वाञ्च ज्ञानचक्षु विद्यालयकै छात्र समीर लिम्बूको माग छ। 

दृष्टिविहीन छात्रा दिलकुमारी विकले गणित विषयको ज्यामिति र सामाजिक विषयको चित्र बनाउने प्रश्नपत्रका कारण दृष्टिविहीन विद्यार्थीलाई परीक्षामा समस्या हुने गरेको बताइन्।अर्का दृष्टिविहीन छात्र मणिकुमार राईले सरकारले दृष्टिविहीन विद्यार्थीका लागि अनिवार्य रुपमा ब्रेललिपीबाट प्रश्नपत्र निर्धारण गरि परीक्षालाई सरल र सहज बनाउन सरकारसँग माग गरेका छन्।

वर्ष दिनभरी विद्यालयमा ब्रेललिपीबाट अध्ययन गरेका विद्याथी परीक्षा दिने बेलामा सहयोगी खोजेर परीक्षा दिनुपर्दा सरकारले दृष्टिविहीनको शिक्षामा विशेष चासो नदेखाएको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयका दृष्टिविहिन शिक्षक उमेश राईको आरोप छ। 

उनले सरकारले अर्को वर्षदेखि दृष्टिविहीन विद्यार्थीलाई अनिवार्यरुपमा ब्रेललिपीबाट नै प्रश्नपत्र निर्धारण गरिदिन माग गरेका गरे। शिक्षा विकास तथा समन्वय इकाई सुनसरीका प्रमुख गाेविन्द पोखरेलले दृष्टिविहीन विद्यार्थीका लागि ब्रेललिपीबाट प्रश्नपत्र निर्धारण गर्न वर्षेनी कुरा उठ्ने गरेको भएपनि समस्या समाधान नभएको बताए। सुनसरीका ४८ वटा परीक्षा केन्द्रमार्फत १२ हजार ९ सय ५३ जना विद्यार्थीले इसईई दिएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.