प्रदेश पाँचमा क्षयरोगबाट ६ महिनामा २३७ को मृत्यु

प्रदेश पाँचमा क्षयरोगबाट ६ महिनामा २३७ को मृत्यु

बुटवल : क्षयरोगबाट प्रदेश ५ मा ६ महिनाको अवधिमा २ सय ३७ जनाको मृत्यु भएको छ। स्वाथ्य निर्देशनालय प्रदेश ५ को तथ्यांक अनुसार यो प्रदेशमा ७ हजार २९ जना क्षयरोगीको उपचार भइरहेको छ।

क्षयरोगी गुपचुप हुने भएकाले यति नै रोगी छन् भन्ने तथ्यांक छैन। निर्देशनालयका निर्देशक दीपककुमार चापागाईले रोगी पत्ता लगाउनेक्रम जारी रहेको बताए। प्रदेशमा गएको वर्ष क्षयरोगबाट २ सय ७६ जनाको मृत्यु भएको थियो। तथ्यांक अनुसार १५ वर्षदेखि २४ वर्ष उमेरसमूहका बिरामीको संख्या सबैभन्दा धेरै १ हजार ३३ रहेको छ।

प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी कपिलवस्तुका बिरामीको मृत्यु भएको हो। कपिलवस्तुका ४३ जना बिरामीले ज्यान गुमाएका छन्। दाङमा ४०, बाकेमा ३३, बर्दियामा २३, गुल्मीमा २१, रोल्पामा १५, प्युठानमा ११, पाल्पामा १६, अर्घाखाचीमा १२, रुपन्देहीमा १२ र नवलपरासीमा १३ जना क्षयरोगीको मृत्यु भएको छ।

उपचारमा ढिलोगरी आउँदा बिरामीको मृत्यु हुने गरेको चापार्गाले बताए। यसैबीच प्रदेश नम्बर ५ मा क्षयरोग विरुद्ध हस्ताक्षर अभियान समेत थालिएको छ।

क्षयरोग निवारणमा प्रतविद्ध छु भन्ने अभियानको सामाजिक विकास मन्त्री सुदर्शन बरालले हस्ताक्षर गर्दै थालनी गरे। सो अवसरमा बोल्दै उनले क्षयरोग आतंकबाट भन्दा पनि डरलाग्दो भएकाले सबै एकजुट भएर सचेतना अभियान चलाउनुपर्ने बताए।

क्षयरोग समयमै उपचार थाली नियमित औषधि सेवन गरे निको हुन्छ। जटिल प्रकारका क्षयरोगको समेत औषधि रहेकाले रोग नलुकाउन निर्देशनालयले आग्रह समेत गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.