दृष्टिविहिन राधिकाको निःशुल्क उपचार

दृष्टिविहिन राधिकाको निःशुल्क उपचार

धरान : आर्थिक अवस्था कमजोर भएका कारण उपचार गराउन नसकेर मृत्युसँग जुधिरहेकी मोरङ उर्लावारीकी १४ वर्षीया दृष्टिविहिन बालिका राधिका दर्जीको निःशुल्क उपचार भएको छ। 

राधिकाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निःशुल्क शल्यक्रिया भएको हो। टाउकोमा ट्युमर र पानी जमेका कारण उनी समस्यामा थिइन्। 

मोरङ घर भएर धरानस्थित पूर्वाञ्चल ज्ञानचक्षु विद्यालयमा कक्षा ४ मा अध्ययन राधिकाको टाउकोमा ट्युमर पलाएको थियो। उनी सात वर्षदेखि ट्युमर पीडित थिइन्। 

पछिल्ला दिनमा विद्यालयमै बेहोस् हुन थालेपछि उनी बीपी प्रतिष्ठानमा भर्ना भएकी थिइन्। पैसा अभावमा एक महिनापछि मात्र उनको उपचार भएको हो। 

तत्काल उपचार खर्च जुटाउन नसकेर डिस्चार्ज गरी घर फर्किएकी राधिकाको पूर्वाञ्चल ज्ञानचक्षु विद्यालय व्यवस्थापन समिति र प्रतिष्ठानका चिकित्सकको पहलमा आइतबार निःशुल्क शल्यक्रिया भएको हो। 

राधिकाको प्रतिष्ठानबाट हुने उपचार खर्च मिनाहाका लागि प्रतिष्ठानकै बालरोक विशेषज्ञ डा अरुणकुमार सिंह र न्यूरो सर्जन डा आलोक दाहालले पहल गरेका थिए। 

उनको उपचारमा लाग्ने औषधिका लागि विद्यालय व्यवस्थापन समितिको पहलमा विभिन्न व्यक्तिले आर्थिक सहयोग गरेपछि निःशुल्क उपचार भएको ज्ञानचक्षु विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लख्खी गुरुङले जानकारी दिइन्। 

राधिकाको उपचारमा प्रतिष्ठानका डा अरुणकुमार सिंह, निर्देशक गौरीशंकर साह लागी परेका थिए। राधिकाको शल्यक्रिया न्यूरो सर्जन डा आलोक दाहालले गरेका हुन्। 

राधिकाको उपचारमा लाग्ने औषधि धरान १८ का वडाध्यक्ष प्रविण राई, १९ वडाका सूर्यबहादुर भट्टराई, १४ वडाका अध्यक्ष कृष्ण भट्टराई, ५ नम्बरका अध्यक्ष सन्तोष लिम्बुले एक महिनाको पारिश्रमिक बापत ६४ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन्। 

त्यसैगरी पत्रकार सुनिता केसी, व्यवसायी मुकुन्द कट्वालले पाँचपाँच हजार र औषधि व्यवसयाी सुवास पौडेलले १० हजार सहयोग गर्दा राधिकाको उपचार सम्भव भएको हो। 

राधिकाका बाबु कालिबहादुर दर्जीले छोरीको उपचारमा सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.