चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै आन्दोलन

चिकित्सकको लापरवाहीले बालकको मृत्यु भएको भन्दै आन्दोलन

बिर्तामोड : झापाको मेचीनगर–१० स्थित आम्दा मेची अस्पतालमा उपचारको क्रममा एक बालकको मृत्यु भएपछि आफन्त र परिवारजनले चिकित्सकको लापरवाही भन्दै आन्दोलन गरेका छन् ।

मेचीनगर–९ का १० वर्षीय गोपाल रिजाललाई अचानक बान्ता आएपछि उपचारका लागि सो अस्पताल लगिएको थियो । बान्ता मात्रै गरेको बालकलाई सुई लगाएर बेहोस बनाएर उपचार गर्न खोज्दा मृत्यु भएको बताइएको छ ।

मृतकका बावु नकुल रिजालले बान्ता मात्रै गरेको बालकलाई डाक्टरले आवस्यकता भन्दा धेरै सुइ लगाएको आरोप लगाएका छन् । उपचारमा लापरवाही गरेका कारण उनको मृत्यु भएको बावु नकुल र आफन्तको आरोप छ ।

‘बच्चाको अवस्था गम्भिर बनाएर रेफर भन्दा अस्पताल बाट निकालेर घर पु¥याउँदा मृत्यु भयो, अर्को अस्पताल समेत पु¥याउन पाएनौँ,’ रिजालले बताए ।

आइतबार बिहानै अस्पताल भर्ना गरिएका गोपालको दिउसोसम्म स्वास्थ्यमा सुधार आए पनि राति करिब २ बजेतिर अचानक स्वास्थ्य अवस्था जटिल बनेपछि डाक्टरलाई खबर गर्दा चिसोको कारण भन्दै पंखा बन्द गर्न आग्रह गरेका थिए ।

डाक्टर पोषणरमण त्रिपाठी, युवराज रोय र दिपक साह बालकको उपचारमा संलग्न थिए । उपचारमा संलग्न डाक्टर त्रिपाठीले आफू उपचारमा संंलग्न रहुञ्जेलसम्म बालकको अवस्था सामान्य रहेको प्रतिक्रिया दिएका छन् । पोष्टमार्टम रिपोर्ट नआएसम्म घटनाबारे केही भन्ने अवस्था नरहेको उनको भनाइ छ ।

गोपालको मृत्यु भएपछि परिवार तथा स्थानीयले सोमबार दिउसो अस्पताल घेराउ गरेका थिए । चिकित्सकको असावधानीले बालकको मृत्यु भएको भन्दै पीडित परिवार र स्थानीयले अस्पताल परिसरमा शव राखेर नारावाजी गरेका थिए । आक्रोशित स्थानीयको भीड नियन्त्रण गर्न अस्पताल परिसरमा सुरक्षाकर्मी समेत परिचालन गरिएको थियो ।

स्थिति नियन्त्रणमा आउन नसकेपछि पीडित पक्षलाई न्याय दिलाउन मेची उद्योग वाणिज्य संघमा बसेको सर्वपक्षीय बैठकले उपचारमा संलग्न डाक्टर तत्काल निलम्बन गर्दै छानबिन समिति गठन गरी छानबिन गर्ने र पीडितलाई किरिया खर्च उपलब्ध गराउने सहमति भएको छ ।

किरिया खर्च वापत ५० हजार रुपैयाँ उपलब्ध गराउने र थप राहत प्रदान गर्न सहयोग जुटाउन पहल गर्ने सहमति भएको मेची उद्योग वाणिज्य संघका अध्यक्ष तथा छानविन समितिका संयोजक ऋषिराज तिम्सिनाले जानकारी दिए ।

उनका अनुसार बालकको उपचारमा प्रयोग गरिएको औषधि र सुइका बारेमा अस्पताल प्रशासनसँग बुझ्ने निर्णय भएको छ । मेचीनगर–९ खुट्टिडाँगी निवासी मृतक बालक स्थानीय पारिजात पब्लिक स्कुलको कक्षा ३ मा अध्यानरत थिए । सहमतिपछि मृतक बालकको सोमबार धुलाबारीस्थित रामघाटमा दाहसंस्कार गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.