सुरक्षा विधेयक फिर्ता लिन कांग्रेसको माग

सुरक्षा विधेयक फिर्ता लिन कांग्रेसको माग

काठमाडौं : प्रमुख प्रतिपक्षी कांग्रेसले सरकार ज्ञानेन्द्रपथमा हिँडेको आरोप लगाएको छ। संसद्को हिउँदे अधिवेशनको समीक्षा गर्न सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले सरकारले संसद्मा ल्याएका विधेयक निरंकुश रहेको आरोपसमेत लगाएको छ।

सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकारको व्यवस्था गर्न ल्याइएको विधेयकप्रति तीव्र असन्तुष्टि जनाइरहेको कांग्रेसले उक्त विधेयक तत्काल फिर्ता लिन मागसमेत गरेको छ। सरकारद्वारा संसद्मा पेस गरिएको उक्त विधेयक संविधान प्रतिकूल रहेको उसको निष्कर्ष छ। कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले विधेयक कांग्रेसले नमान्ने निष्कर्ष निकालेको बताए।

कांग्रेसले संसद्मै पेस गरिएको ‘सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पनि स्वीकार्य नहुने जनाएको छ। प्रेस स्वतन्त्रता र सूचना प्रविधिमाथि नै अंकुश लगाउने गरी आएको यो विधेयक स्वीकार्य नहुने उनको भनाइ छ।

संसद् अधिवेशन सकिएको भोलिपल्ट बसेको कांग्रेस संसदीय दलको बैठकले संसद्का तीन वटा अधिवेशन सम्पन्न भए पनि सरकार जनतालाई राहत दिन र देशलाइ विकासको बाटोमा अघि बढाउन नसकेको निष्कर्ष निकालेको छ। प्रधानमन्त्रीले राज्यका सबै संयन्त्र आफू मातहतमा ल्याउनु अधिनायकवादी शैली भएको कांग्रेसको आरोप छ।

बैठकले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूहलाई हत्याहिंसा त्यागेर शान्तिपूर्ण बाटोमा आउन आग्रह गर्दै सरकारलाई पनि वार्ता र संवादकै माध्यमबाट समाधान खोज्न भनेको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.