हावाहुरीले झापामा विद्युत् सेवा अवरुद्ध, प्रहरी बिट नै पल्टियो

हावाहुरीले झापामा विद्युत् सेवा अवरुद्ध, प्रहरी बिट नै पल्टियो

बिर्तामोड : मंगलबार बिहान पानीसँगै आएको हावाहुरीले झापाका विभिन्न स्थानमा विद्युत अवरुद्ध पार्नुका साथै घरका छाना नै उडाएको छ । भद्रपुरस्थित सगरमाथा चोकमा रहेको प्रहरी बिटको भवन त पल्टिएको छ ।

हावाहुरीले भद्रपुर नगरपालिका–८ सगरमाथा चोकमा रहेको प्रहरी बिट पल्टाएको हो । यस्तै कचनकवल गाउँपालिका–६ का झड्कन ठाकुरको घरको टिनको छानो उडाएर क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठका अनुसार मंगलबार बिहानको हावाहुरीले भद्रपुरमा प्रहरी बिट, कचनकवलमा घरको छाना र मेचीनगर नगरपालिका १५ नाङ्गन टोलका नरेन्द्र लिम्बूको घरको टिन उडाएको छ ।

साथै गौरादह, भद्रपुर र बिर्तामोड नगरपालिका क्षेत्रमा हावाहुरीले विद्युतको पोल रुख ढाल्दा विद्युत सेवा बिहानैदेखि अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

गौरादह नगरपालिका–७ ग्वालडुब्बामा एउटा, भद्रपुर नगरपालिका १० विमानस्थल पूर्वमा एउटा र बिर्तामोड नगरपालिका–५ महानन्द चोकमा २ वटा बिजुलीको पोल ढलेको छ ।

बिहानैदेखि विद्युत सेवा अवरुद्ध हुँदा जिल्लाका धेरै सेवाग्राही मर्कामा परेका छन् । यस्तै मेचीनगर ननगरपालिका–७ टोकला चिया बगान अगाडि रुख ढल्दा भित्रि राजमार्ग अवरुद्द रहेको प्रहरीले बताएको छ ।

सबै स्थानमा हावाहुरीले पु¥याएको क्षतिको बिवरण संकलन गर्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.