श्रीमतीको हत्या गरेको आरोपमा श्रीमानविरुद्ध मुद्दा
दमौली : कुटपिटबाट श्रीमतीको ज्यान लिएको आरोपमा तनहुँ शुक्लागण्डकीका एक पुरुषविरुद्ध प्रहरीले ज्यानसम्बन्धी कसुर मुद्दा चलाउने तयारी गरेको छ। गत शुक्रबार शुक्लागण्डकी ७ धारापानीस्थित घरमा कुटपिट गरेका श्रीराम श्रेष्ठकी पत्नी फूलमाया नेपालीको ज्यान गएको थियो।
उनी घरमुन्तिरको बारीमा मृत भेटिएकी थिइन्।मादक पदार्थ सेवन गरी सधैं श्रीमती कुट्दै आएका उनले घटनाका दिन पनि मादक पदार्थ सेवन गरेको खुलेको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए।
मृतकका आफन्तले जाहेरी दिएपछि इलाका प्रहरी कार्यालय बेलचौताराले ज्यानसम्बन्धी कसुरमा मुद्दा चलाउनका लागि अदालतबाट म्याद लिएको छ। थप अनुसन्धानपश्चात मुद्दा दायर गरिने अर्यालले बताए।