मादक पदार्थ सेवन गरेकालाई सम्झाउँद कुटिए प्रहरी, ३ जन पक्राउ
स्याङ्जा : प्रहरीमाथि कुटपिट गर्ने ३ जना पक्राउ परेका छन्। वालिङ नगरपालिका-१३ थुमपोखरास्थित प्रहरी चौकीका सहायक निरीक्षक मनोजकुमार सिंहलाई कुटपिट गर्ने ३ जना प्रक्राउ परेका हुन्।
पक्राउ पर्नेमा २८ वर्षीय रविन गुरुङ, २४ वर्षीय काजी गुरुङ र २४ वर्षीय सुदीप गुरुङ छन्। कुटपिटबाट प्रहरी सिंह घाइते भएका छन्। उनको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए।
बायाँटारीस्थित झोलुङ्गे बजारमा मादक पदार्थ सेवन गरी झगडा गरेको युवालाई सम्झाई बुझाई गर्ने क्रममा उनीहरूले प्रहरीलाई नै कुटपिट गरेका थिए।
प्रतिक्रिया दिनुहोस !