सडक छेउको रेलिङमा मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
सिमरा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीचोकमा बुधबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्साको ठोरी गाउँपालिका–६ का ४० वर्षीय इश्वर श्रेष्ठ रहेका छन् ।
वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको मधेश प्रदेश ०३–०१९ प ६८३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर दुर्घटना भएको प्रहरीको भनाइ छ । बिहान ५ः३० बजे भएको उक्त दुर्घटनामा मोटरसाइकल चालक श्रेष्ठ गम्भीर घाइते भएका थिए ।
इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक दिलिप क्षेत्रीका अनुसार दुर्घटनामा घाइते भएका श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको र उपचारका क्रममा बिहान ७ः३० बजे मृत्यु भएको हो ।
प्रतिक्रिया दिनुहोस !