जनप्रतिनिधिले दिँदैनन् एसएमएसको जवाफ

जनप्रतिनिधिले दिँदैनन् एसएमएसको जवाफ

धनगढी : 'द्रुतमार्गको निर्माण नहुनुको कारण के हो? अर्को चुनावमा पनि यही सडक चुनावी एजेन्डा बन्छ कि?' धनगढी उपमहानगरपालिका- ६ का चक्र कठायतले मुख्यमन्त्री त्रिलोचन भट्टलाई एसएमएस पठाए। तर उनको फोनमा ती प्रश्नको कुनै उत्तर आएन।

उनले एक दिन पछि फेरि अर्को एसएमएस पठाए मुख्यमन्त्रीलाई।स्याउले-हसनपुर सडक बनाउन पहल नगर्नुको कारण के होला?'त्यसको पनि उनले उत्तर पाएनन्।
 

स्याउले-हसनपुर सडक,धनगढी-दिपायल द्रुतमार्ग अन्तर्गतको जीरो प्वाइन्टदेखि १० किलोमिटरसम्मको खण्ड हो। तेस्रो पटक उनले मुख्यमन्त्रीलाई अर्को एसएमएस लेखे।के अर्को चुनावको भोट माग्ने भाँडो हो की सर जी, किन पहल गरिँदैन?'

तर उनको कुनै पनि एसएमएसको उत्तर आएन। 'दिनदिनै एसएमएस पठाइ रहेको छु, नेताजीले 'इग्नोर' गरिरहनु भएको छ,' कठायतले भने। 'अब, हामीले पनि भोट 'इग्नोर' गर्नुपर्ने बेला आएको छ।'

सोही ठाउँका अर्का स्थानीय कुबेरबहादुर शाहीले पूर्वमन्त्री लेखराज भट्टलाई त्यस्तै एसएमएस गरे।उनले लेखे- द्रूतमार्ग तपाईको चुनावी घोषणा पत्रमा थियो, तर अहिले धनगढीदेखि १० किलोमिटर बस्तीमा धूलोले बसिनसक्नु भएको छ, एउटा जिम्मेवार र सिंगो प्रदेशको अभिभावकका नाताले जवाफ दिनु होला।द्रुतमार्गको अवधारण उनै लेखराज भट्टको हो। 

'पूर्वमन्त्रीज्यूले पनि एसएमएसको कुनै रिप्लाई गर्नु भएको छैन,'शाहीले भने,'हामी युवाहरु एसएमएसबाट जनप्रतिनिधिलाई दबाब पुगोस् भनेर यस्तो गरिरहेका छौं।'

शाहीले कैलाली क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सांसद नारदमुनी रानालाई पनि यही एसएमएस पठाए तर उनको रिप्लाई आयो, सुझावका लागि धेरै धन्यवाद, चाँडै यस विषयमा टुंगो लाग्दैछ।'

धनगढीका युवाहरुले पूर्वमन्त्री भीम रावल, आर्थिक मामिला तथा योजनामन्त्री झपट रावल, भौतिकपूर्वाधार मन्त्री पठानसिंह बोहरा, धनगढीका मेयर नृपबहादुर ओड, गोदावरीका मेयर हरिसिह साउदलाई हरेक दिन एसएमएस पठाइरहेका छन्। 

'हामीले बिहान उठने वित्तिकै मन्त्री, पूर्वमन्त्री, प्रतिनिधिसभा सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई द्रूत मार्गका बारेमा एसएमएस गरिरहेका छौं,' शाहीले भने।


कसैको जवाफ दिँदैनन्

जनप्रतिनिधिलाई एसएसएस गरिरहेका युवाहरुले आफूहरुको एसएमएसको कुनै रिप्लाई नआएको बताए।'मन्त्री, पूर्वमन्त्री, प्रतिनिधिसभा सांसद, प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिलाई लाखौं एसएमएस गर्दा नारदमुनी रानाबाहेक कसैको पनि रिप्लाई आएको छैन, 'एसएमएस अभियानको नेतृत्व गरिरहेका युवा कुबेरबहादुर शाहीले भने।

उनले देशका नेताले जनताको यस्तो एसएमएसको मतलब नगरेको भन्दै दु:ख व्यक्त गरे। 'चुनावका बेला नेताहरुका भोटका लागि टोलको सबै मतदाता सम्हाल्नु पर्‍यो भनेर दैनिक फोन आउँथे, केही सोध्यो तुरुन्तै रिप्लाई आउँथ्यो, तर अहिले सडक किन बनेन् भन्दा कसैसँग जवाफा छैन,' शाहीले भने।

द्रूतमार्गबारे

प्रदेशको राजधानी धनगढीदेखि १०५ किलोमिटरको दूरीमा दिपायल जोडने यस सडकको नाम धनगढी-दिपायल द्रूतमार्ग राखिएको छ। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ बाट २०६४ सालको संविधानसभाका सदस्य पूर्वमन्त्री लेखराजभट्टले द्रूतमार्गमा बजेट हालेका थिए। तर अहिलेसम्म त्यो मार्गको काम सुस्त गतिमा छ।

साविकको क्षेत्रीय सदरमुकाम रहेको दिपायलबाट खोसेर,प्रदेशको राजधानी धनगढी भएपछि रिसाएको समुदायको आवागमनको सहजताका लागि पनि द्रूतमार्ग छिटो बन्नुपर्ने स्थानीयको माग छ।

धनगढीको हसनपुर पिपलचौतारालाई जिरो प्वाइन्ट मानेर अहिलेसम्म दिपायलसम्म ६ वटा ठेक्‍का भएका छन्। 'तर प्रदेश सरकार गठन भएपछि, यो कहिले स्थानीय सरकार, कहिले संघीय सरकार त कहिले प्रदेश सरकारको मातहत रहने भन्दै अन्यौलमा परेको छ,'धनगढी ६ जाईका उमाकान्त जोशीले भने।

'सुरुमा यो सडक ओटोसिलमा कालोपत्रे भयो, त्यो ६ महिनामै भत्कियो, त्यसपछि यो सडक स्थानीय तह (धनगढी र गोदावरी नगरपालिका)मालागु भएको एडिबीको ऋण लगानीको क्षेत्रीय सहरी विकास आयोजनाले बनाउने भन्यो, त्यो पनि खारेज भयो,' उनले भने।

'त्यसपछि प्रदेश सरकार मातहत आयो, दुई महिनाअघि प्रदेशबाट पनि संघीय सरकारले तानेको छ,' जोशीले भने।'यो सडक तानातान मै गइरहेको छ।' धनगढी उपमहानगरपालिकाको वडा नम्बर ६ र गोदावरी नगरपालिकामा पर्ने द्रूतमार्गको १० किलोमिटरको खण्ड एक पटक कालोपत्रे भएर पुरै भत्किएपछि अहिले धुलाम्य भएको हो।'स्थानीयले घरमा बस्नै नसक्ने गरी धुलो आउन थालेको छ भने साविकको क्षेत्रीय सदरमुकाम दिपायललाई जोडने छोटो दूरीको सडह अलपत्र परेको छ,'धनगढीका अर्का युवा भीमचौधरीले भने।

दशकदेखि निर्माण भइरहेको द्रूतमार्गमा भएका ठेक्काहरुमा ओझेना-विपिनगर खण्ड बाहेक कुनै पनि आधा काम भएको छैन।सलेना भन्ने स्थानमा ईआईईको रिपोर्टभन्दा रुखको संख्या बढी परेकाले त्यहाँ काम रोकिएको छ। यसपालीको १२ करोडको बजेटमा, योजना कहिले प्रदेश त कहिले संघमा तानातान हुनथालेपछि त्यो बजेट छोइएको पनि छैन।

धनगढीमा पर्ने सडक बन्द
द्रूतमार्गको धनगढी नगर क्षेत्रमा पर्ने सडक कालोपत्रे नगरिएको भन्दै स्थानीयले पाँच दिनदेखि ठूला सवारी सञ्चालनमा अवरोध गरेका छन्। धुलोले बसिनसक्नु भएको भन्दै उनीहरुले चारपाङग्रे सवारी सञ्चालनमा अवरोध गरेका हुन्।

निर्माण कार्याले गति लिन नसकेपछि आन्दोलन गर्न बाध्य भएको आन्दोलन परिचालन समितिका संयोजक तथा स्थानीय हेमबहादुर विष्टले बताए। फास्ट ट्रयाक अन्र्तगत पर्ने धनगढी खुटिया सडकमा अत्यधिक धुलो उड्न थालेपछि बाध्य भएर आन्दोलन गरेको उनले दुखेसो गरे। 'दैनिक यात्रा गर्ने सडकमा ठूल-ठूला खाल्डा छन्', उनले भने, 'सडक आसपास घर भएकालाई बसी नसक्नु भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.