चोरीको २३ लाख प्रहरीले बरामद गर्‍याे, त्यसपछि भागबन्डा !

चोरीको २३ लाख प्रहरीले बरामद गर्‍याे, त्यसपछि भागबन्डा !

धनगढी : २३ लाख ३८ हजार रकमसहित बैतडीको दशरथचन्द नगरपालिका–४ का नीरजबहादुर चन्द केही दिनअघि अत्तरिया आसपासबाट पक्राउ परे । इलाका प्रहरी मालाखेतीले रकमसहित उनलाई जिल्ला प्रहरी कैलालीमा बुझायो ।

जिल्ला प्रहरीले एक दिन थुनामा राखेर र चार दिन तारेखमा बोलाएर अनुसन्धान गर्‍याे । नीरजले भारतबाट कमाएर ल्याएको रकम भनेपछि प्रहरीले उनलाई धनगढी उपमहानगरपालिका–५ का रोशन सिंहको जिम्मा लगायो । रोशन नेपाल तरुण दलका पूर्वधनगढी नगर अध्यक्ष हुन् ।

तर, उक्त रकम भारतको राजस्थानबाट चोरेर ल्याएको भन्दै नीरजलाई बैतडी प्रहरीले चैत १६ मा पक्राउ गर्‍याे । प्रहरीले उनको साथबाट डेढ लाख रुपैयाँ मात्र बरामद ग¥यो । बाँकी रकम कैलाली जिल्ला प्रहरीलाई दिएको बयान उनले दिए । त्यसपछि उनलाई कैलालीमा ल्याइएको छ ।

उनका आफन्त देवबहादुर चन्दले कैलाली प्रहरीले १३ लाख रकम लिएर छाडेको आरोप लगाए । ‘नीरजलाई अपरिचित व्यक्ति रोशन सिंहको जिम्मा लगाउने काम कैलाली प्रहरीले किन गर्‍याे ? ’, उनले भने, ‘यसमा प्रहरीको मिलेमतो छ ।’ आफन्तको जिम्मा नलगाएकोमा उनले आशंका व्यक्त गरे ।

रोशनले राखेको १३ लाख रकम पनि बरामद गरिएको प्रहरीले जनाएको छ । रोशनले रकमसहित नीरजलाई जिम्मा लिएको कागज आफूसँग रहेको कैलालीका एसपी आभूषण तिम्सिनाले बताए । ‘आफ्नो मान्छे भन्दै रोशन सिंह जिल्ला प्रहरी कार्यालयमा आए’, एसपी तिम्सिनाले भने, ‘नेपाली नोट भएकाले हामीले रकमसहित नीरजलाई उनको जिम्मा लगायौं ।’ एसपीले रोशनलाई रकम र नीरजलाई बुझेको कागजमा हस्ताक्षर गर्न लगाएको स्रोतको दाबी छ ।

रोशनले भने आफू राजनीतिमा लागेको मान्छे भएकाले नीरज र उसको झोलाको रकम जिम्मा लिएको स्वीकार गरे । ‘यसअघि पनि जिप्रकाबाट कतिपय अपरिचित व्यक्तिलाई जिम्मा लिएको छु’, उनले भने, ‘नीरजलाई पनि बुझें । मलाई त्यो रकम चोरीको हो भन्ने थाहा थिएन ।’

नीरजलाई बैतडी जान बसपार्कसम्म पुर्‍याएकाे पनि उनले स्वीकार गरे । ‘नीरजले यो झोलाको रकम राखिदिनुहोला, म एक–दुई दिनमा आइहाल्छु भने’, उनले भने, ‘मैले उनको १३ लाख रकम भएको झोला घरमा लगेर राखिदिएँ ।’ उक्त रकम चोरीको भन्ने थाहा पाउनेबित्तिकै प्रहरीलाई बुझाएको उनले सुनाए ।

कैलालीबाट छुटेको तेस्रो दिन बैतडी प्रहरीले नीरजलाई दशरथचन्द नगरपालिका–४ स्थित घरबाट डेढ लाख नगदसहित पक्राउ गरेको थियो । प्रहरीले चोरीको रकम भन्ने थाहा पाउँदा–पाउँदै कतैबाट सोधीखोजी नभएकाले आधा राखेर अभियुक्तलाई छाडेको आरोप देवबहादुरले लगाए । ‘प्रहरीले चोरीको रकम हो भनेर समात्ने अनि पूरै रकम दिएर छाडेको पनि भन्ने’, उनले भने, ‘आधा रकम अपरिचित व्यक्तिको घरमा फेला परिसक्यो भन्ने, यो सबै प्रहरीको चलखेल हो ।’

पाँच ग्राम चरेश फेला पर्नेबित्तिकै पत्रकार सम्मेलन गर्ने कैलाली प्रहरीले यो घटना भने मंगलबारसम्म सार्वजनिक गरेको छैन । ‘डीआईजीसँग सल्लाह गर्छु अनि मात्र घटना सार्वजनिक गर्ने÷नगर्ने थाहा हुन्छ’, एसपी तिम्सिनाले भने ।

युवा संघ कैलालीलगायत सत्तारुढ संगठनले सामान्य घटनालाई ठूलो बनाएर देखाउने तर अन्तरदेशीय अपराधमा संलग्नलाई रकम खाएर छाडेको आरोप लगाएका छन् । भारतबाट रकम चोरेर ल्याएको थाहा पाउँदा–पाउँदै अभियुक्त छाडेकाले एसपी तिम्सिनालाई कारबाही गर्न उनीहरूले माग गरेका छन् । युवा संघका जिल्ला सचिव राजु बम, वाईसीएलका सुरज खाती, अखिलका कुमार बडैला र अखिल क्रान्तिकारीका डम्बर भट्टराईले संयुक्त विज्ञप्ति निकालेका छन् ।

तरुण दलले भने संगठनको नाम जोडिएकोमा आपत्ति जनाएको छ । दलका जिल्ला अध्यक्ष दीपेन्द्रबहादुर बमले आफ्नो संगठनको संलग्नता नरहेको विज्ञप्तिमा जनाएका छन् । घटनाको अनुसन्धान गरी दोषीलाई कारबाही गर्न बमले माग गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.