हरियो खुर्सानीको अचार : खान मीठो,बनाउन सजिलो
काठमाडौं : खानासँग हरियो खुर्सानी खाँदाको मज्जाको नै बेग्लै हुन्छ।यसलाई विभिन्न तरिकाले खान सकिन्छ।प्रायजसो मानिस हरियो खुर्सानीलाई मसलाको रुपमा प्रयोग गर्छन् भने कतिपयले खानासँगै खुर्सानी टोक्ने गर्छन्।
त्यसैले त खुर्सानी पारखीहरु हरियो खुर्सानी टोक्नुको मज्जा नै बेग्दै हुने बताउँछन्।हरियो खुर्सानीबाट पिरोसँगै अन्य लाभ पनि लिन सकिन्छ।यसमा शरीरलाई आवश्यक पर्ने विभिन्न तत्वहरु रहेका हुन्छन्।
हरियो खुर्सानीमा भिटामिन ए, बी६, सी, के, पोटासियम, आइरन कपर, काब्रोहाइड्रेट र प्रोटिनजस्ता धेरै प्रकारका पोषक तत्वहरु पाइन्छन्।
यसलाई मसलाको साथसाथै विभिन्न प्रकारका स्वादिष्ट अचार बनाउनमा प्रयोग गर्न सकिन्छ।यहाँ हरियो खुर्सानीमा तोरी मिसाएर अचार बनाउने तरिकाबारे उल्लेख गरिएको छ।
आवश्यक सामग्री
हरियो खुर्सानी : ३० वटा
आधा चम्चा : बेसार
आधा चम्चा : आधा चम्चा हिंग
आधा चम्चा : सौफ
आवश्यकताअनुसार तेल
स्वादअनुसार नुन
एक ठूलो चम्चा कागतीको रस
बनाउने विधि
सबैभन्दा पहिले हरियो खुर्सानीलाई पखालेर ओभानो बनाउने।हरियो खुर्सानीलाई दुई चीरा पर्ने गरी काट्ने।तर खुर्सानीलाई अलग भने गर्नु हुँदैन। त्यसपछि एउटा भाँडोमा माथिका सबै मसला मिसाएर राख्ने।तयार पारिएको मिश्रणलाई खुर्सानीसँगै मिसाउने।खुर्सानीको भित्र पुग्नेगरी मसला मोस्ने।सबै मसला खुर्सानीसँग मोसिसकेपछि त्यसमा कागतीको रस राख्ने।अन्त्यमा खुर्सानीलाई तेलले झान्ने।यसरी तयार गरिएको खुर्सानीको अचार एक घण्टासम्म नचलाइन राख्ने।त्यसपछि एउटा शिशाको बट्टामा हावा नछिर्नेगरी राख्ने।एक दुई दिनपछि अचार खान सकिन्छ।