६ किलोको गहना लगाउने चार भारतीय नागरिक विमानस्थलबाट पक्राउ

६ किलोको गहना लगाउने चार भारतीय नागरिक विमानस्थलबाट पक्राउ

काठमाडौं : गहना बनाएर सुन तस्करी गर्ने भारतीय समूहका चारजना त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन्।  बिहीबार दिउँसो प्रहरीले ६ किलो सुनका गरगहना लगाएर नेपाल छिरेका चार भारतीयलाई पक्राउ गरेको हो।  लुकाएर ल्याएको सुनबारे सूचना आएपछि सादा पोशाकका प्रहरीले निगरानी बढाएका थिए ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका एसएसपी सन्दीप भण्डारीले एक पुरुष र तीन महिलासहित चार जनाबाट पाँच किलो चार सय ९७ दशमलव ६ सय ५० ग्राम सुन बरामद भएको जानकारी दिए। 

पक्राउ पर्नेमा भारतका जतिन जैन, सुनिता जैन, बबिता र सरिता जर्क छन्। उनीहरु थाई एयरवेजबाट बैंकक हुँदै सुन लिएर काठमाडौं उत्रिएका थिए। 

पक्राउ परेका चारै जनालाई भन्सार कार्यालय बुझाइएको छ। प्रहरीले बरामद गर्दा जतिनले हात र घाँटीमा गहना लगाएका थिए भने तीन महिलाले घाँटी र खुट्टामा गहना बनाएर ल्याएका थिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.