एसईई : परीक्षा बिग्रने त्रासमा विद्यार्थी

एसईई : परीक्षा बिग्रने त्रासमा विद्यार्थी

वीरगन्ज : गाउँ खण्डहर बनेको छ। हुरीमा परेर घाइते भएका परिवारका सदस्य अस्पतालमा छन्। न खाने कुराको जोहो छ न त बस्ने ठेगान् नै छ। ‘गाउँमा रुवावासी छ। यस्तो अवस्थामा कसरी पढ्न सकिन्छ ? जति जोड गरे पनि दिमागमा हावाहुरीको दर्दनाक दृश्यमात्र घुम्छ’, एसईई दिइरहेका बारा फेटा गाउँपालिका–१ भरवलीयाका राहुल शर्माले भने, ‘घरपरिवारको बिजोग हेर्ने कि परिक्षाको तयारी गर्ने ? ’

प्रदेश २ मा परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि स्थगीत भएको माध्यमिक शिक्षा परीक्षा(एसईई) शुक्रबारदेखि पुनः शुरु हुँदैछ। चक्रपातसहित आएको विनाशकारी हुरीले सबभन्दा बढि मानवीय र भौतिक क्षति पु¥याएको फेटा गाउँपालिका–१ भरवलीया र वडा नम्बर–६ पुरनैयाका विद्यार्थीले परीक्षातयारी गर्न सकेका छैनन्। फेटा गाँउपालिकाका शिक्षा शाखा प्रमुख सुनिल यादवका अनुसार हुरीले क्षतिग्रस्त बनाएको फेटा गापालिकाका दुईवटा वडामा दर्जन बढी विद्यार्थी छन्

हुरीले घर भत्काएर खण्डहर बनाएको छ। प्रवेश पत्र, किताबकापी, लुगा सबै हराएका छन्। हुरीले विद्युत्का पोल ढालेकाले गाउँमा बिजुली पनि छैन। हुरीमा परि घाइते भएका परिवारका सदस्य र आफन्त अस्पतालमा उपचार गराइरहेका छन्। गाउँको वातावरण अस्तव्यस्त रहेकाले शुक्रबारदेखि पुनः सुरु हुन लागेको एसईई परिक्षाका लागि तयारी गर्न नपाएको भन्दै विद्यार्थी परीक्षाबिग्रने चिन्तामा छन्। ‘एसईईमा ए प्लस ल्याउछु भन्ने आस थियो। दुई वटा विषयको परीक्षाराम्रो भएको थियो’, भरवलीयाका मधुसुदन शर्माले, ‘तर अब परिक्षामा के लेख्ने दिमागमै छैन।’

 हुरीले घर भत्काएर खण्डहर बनेको छ। एसईईको प्रवेश पत्र, किताबकापी, लुगा सबै हराएका छन्। बिजुलीको पोल ढलेकाले गाउँमा बिजुली छैन।

भरवलीयाकै परिक्षार्थी प्रियंकाकुमारी पटेल पनि हुरीले प्रवेशपत्र, किताबकापी, लुगाफाटा उडाएकाले परीक्षादिन सक्ने अवस्थामा नरहेको बताइन्। ‘हुरीले घर नै उडायो। किताबकापी कहाँ पुग्यो थाहा छैन। गाउँ नै ध्वस्त भएको छ’, प्रियंकाले भनिन्, ‘यस्तो अवस्थामा कसरी परिक्षाको तयारी गर्नु ? के पढ्नु, कहाँ पढनु, परिक्षामा के लेख्नु।’ प्रियंकाकै गाउँका अर्का विद्यार्थी दिनेश पटेल पनि हुरीले सर्वनास गरेकाले परिक्षाको तयारी गर्न नपाएको बताए। ‘दिमागमै केही छैन के लेख्नु’, उनले भने, ‘एसईई परीक्षाबिग्रने चिन्ताले सताइरहेको छ।’

फेटा गाउँपालिका–१ भरवलीयाका एसईई परिक्षार्थी। तस्बिर : क्रान्ति शाह

फेटा गाउँपालिकाको गाउँ शिक्षा समिति संयोजक पप्पुकुमार सिंहले हुरीले क्षतिग्रस्त भरवलीया र पुरैनीया गाउँका एसईई परिक्षार्थी मानसिक तनावमा रहेको बताए। ‘उनीहरुसँग न प्रवेशपत्र छ, न किताबकापी’, सिंहले भने, ‘पुरैगाउँ शोकमा छ। विद्यार्थीलाई परिक्षाको तयारी गर्ने वातावरण नै छैन। यस्तो अवस्थामा कसरी परिक्षामा लेख्छन् थाहा छैन।’

विद्यार्थीलाई खाने बस्ने व्यवस्था

शिक्षा विकास तथा समन्वय इकाइ बाराको परीक्षाफाँटका प्रमुख अशोक रौनीयारले दुवै गाउँका गरि १२ जना एसईईका परिक्षार्थीको विवरण आइपुगेको बताए। ‘हुुरीबाट प्रभावित ती दुई गाउँका १२ जना परिक्षार्थीको नामावली आएको छ’, उनले भने, ‘परीक्षाकेन्द्र प्रसौनी गाउँपालिकाको खुटवा जब्दीस्थित नेपाल राष्ट्रिय माविमा तोकिएको छ।’ परिक्षार्थीको लागि परीक्षाकेन्द्र भएकै गाउँमा परीक्षाअवधिभर खाने बस्ने प्रबन्ध मिलाइने उनले बताए।

फेटा गाउँपालिका–१ भलुहीभरवलिया र वडा नम्बर–६ पुरैनियाका तीनजना विद्यार्थी आठ कक्षाको जिल्ला स्तरीय परीक्षा दिनबाट बन्चित भएका छन्। भलुहीभरवलियाका दिपेन्द्र मुखिया बिन र पुजाकुमारी पटेल तथा फेटा गाउँपालिका–६ का महम्मद नुरुल्लाह परीक्षा दिनबाट बञ्चित भएका हुन्। हुरीमा परी घाइते भएका मुखियाको काठमाडौं र पटेलको वीरगन्जमा उपचार भइरहेको छ। तीनै जना नेपाल राष्ट्रिय माविका विद्यार्थी हुन्। बारामा चैत १९ गतेदेखि कक्षा आठको परीक्षा शुरु भएको हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.